ताराको बिमान घोप्टे भिरको रुखमा जलिरहेको अवस्थामा भेटियो

Posted on: May 02, 2016 | views: 275

तारा पौडेल-१२ फागुन, पोखरा ।
बिहान देखी बेपत्ता रहेको तारा एयरको बिमान दुर्घटनाग्रस्त भएर जलिरहेको अवस्थामा म्याग्दीको घोप्टे भिरमा भेटिएको छ ।

म्याग्दीको दाना गाविस वडा नम्बर १ को घोप्टे भिरको जंगलमा रुखमा अड्कीएको अवस्थामा जलिरहेको भेटिएको म्याग्दीका प्रहरी प्रमुख विस्वराज खड्काले टपनेपालन्युजडटकमलाई जानकारी दिएका छन् ।

सोलिघोप्टे भीरमा रुखमा अड्कीएको अवस्थामा बिमान भेटिएको छ डिएसपी विश्वराज खड्काले भन्नुभयो-'बिमान जलिरहेको छ शवहरु केही जलेको अवस्थामा चिन्न नसकिने अवस्थामा छ, जिवित भेटिएको संभावना छैन ।'

बुधबार बिहान ७ बजेर ५७ मिनेट जाँदा पोखराबाट जोमसोमका लागि उडेको कल साइन ९-AHH भएको विमान ८ बजेर १० मिनेटपछि सम्पर्क विहीन भएको थियो ।

विमानमा चालक दलका ३ सदस्य र दुर्इ बालबालिका सहित २३ यात्रु थिए ।

२० जना चढेको ताराको बिमान पोखराबाट हरायो