नेपालमा अपहरण परेर भारत पुर्याइएका केडियालाई भारत प्रहरीले बुझायो

Posted on: May 29, 2016 | views: 286

१६ जेठ, वीरगञ्ज ।
बाराको पसहाबाट विहीवार अपहरणमा परेका केडिया अर्गनाइजेशनका प्रबन्ध निर्देशक सुरेश केडिया विहारको पूर्वी चम्पारण जिल्लाको कोटवाबाट अपहरण मुक्त हुनु भएको छ ।

नेपाल तथा सिमावर्ती विहारको पूर्वी तथा पश्चिमी चम्पारण जिल्लाको प्रहरीको संयुक्त सर्च अभियान पछि आज दिउसो केडिया अपहरण मुक्त हुनु भएको हो ।

मोतिहारी बाट ३० किलोमिटरको दुरीमा रहेको कोटवाको एक घरमा छापामारी गरि केडियालाई अपहरण मुक्त गराइएका मोतिहारीका एसपि जितेन्द्र राणाले बताउनुभयो ।

केडियाको अपहरणमा संलग्न रहेका रंजन झालाई भारतिय प्रहरीले हतियार सहित पक्राउ गरेको छ । उपहरण मुक्त भएका केडियालाई आज साझ नेपाल भारत सिमावर्ति रक्सौलमा ल्याएर नेपाल प्रहरीको जिम्मा लगाइएको थियो ।

उद्योगपति केडियालाई लिन अञ्चल प्रहरी कार्यलय नारायणी वीरगंजका प्रहरी बरिष्ठ उपरिक्षक नारायण सिंह खड्का र केन्द्रिय अनुसन्धान व्युरोबाट खटिनु भएका प्रहरी बरिष्ठ उपरिक्षक मनोज न्यौपाने रक्सौल पुग्नु भएको थियो ।

रक्सौलमा आज साझ आयोजित पत्रकार सम्मेलनमा भारत विहार मोतिहारीका एसपी राणाले केडियाको अपहरणमा विहारका कुख्यात अपराधि संतोष झा, बब्लु दुबे र बुला पासवान समुहको संंलग्नता रहेको र घट्नमा वीरगंजका केहि व्यक्तिहरुको समेत संलग्नता रहेको सम्बनधमा नेपाल प्रहरीलाई जानकारी गराइएको बताउनुभयो ।