राष्ट्रपतिबाट बाँडिने पदवीमा मदन भण्डारीलाई नेपाल रत्न,जीवराज आश्रित सूचिमा परेनन् (नामावलीसहित)

Posted on: May 28, 2016 | views: 618

काठमाडौं,जेठ १५ । गणतन्त्र दिवसको अवसरमा राष्ट्रपतिबाट सामाजका विभिन्न क्षेत्रका दिग्गजहरुलाई मानपदवी, अलंकार र पदकद्वारा विभूषित गर्ने घोषणा गरिएको छ । नेपाल रत्न मानपदवी मदनकुमार भण्डारी(रणोपरान्त), राष्ट्रगौरव मानपदवीबाट शुशिल कोइराला(मरणोपरान्त), नरबहादुर कर्माचार्य(मरणोपरान्त), रामहरी जोशी, निर्मल लामा(मरोणोपरान्त), पोष्टबहादुर बोगटी(मरणेपरान्त)लाई प्रदान गर्ने घोषण गरिएको छ । त्यस्तै, प्रसिद्ध प्रवल जनसेवाश्री मनवपदवीबाट डा. युवराज खतिवडा, वर्षमान पुन ‘अनन्त’, जनर्दन शर्मा ‘प्रभाकर’, बैद्यनाथ उपाध्याय र भानुप्रसाद आचार्यलाई प्रदान गर्ने घोषणा गरिएको छ । त्यस्तै, सुकीर्तिमय राष्ट्रदीप मानपदवी ६ जनालाई प्रदान गर्ने भएको छ ।


जसमा डा.सोमलाल सुवेदी, राजेन्द्र क्षेत्री, लोकदर्शन रेग्मी, उपेन्द्रकान्त अर्याल, दुर्जकुमार राई र दीलिपराज रेग्मी रहेका छन् । यसैगरी, सुप्रबल जनसेवाश्री मानपदवी ८२ जना, प्रबल जनसेवाश्री मानपदवी एक सय ३५ जना र जनसेवाश्री मानपदवी ५१ जना गरी कुल दुई सय ८७ जनालाई प्रदान गर्ने घोषणा गरिएको छ । त्यस्तै, १६ जनालाई अलंकार र ६५ जनालाई पदक प्रदान गर्ने घोषणा गरिएको छ ।


यसैगरी, प्राकृतिक प्रकोपबाट पीडित व्यक्तिहरुको उद्दार एवं व्यवस्थापन र प्रकोपको जोखिम न्यूनिकरण गर्ने कार्यमा प्रशंसनीय रुपमा योगदान गर्ने वा सहयोग पु¥याउने ५६ हजार दुई सय ७९ जनालाई विभूषण ऐन, २०६४ को दफा ५ अनुरुप प्राकृतिक प्रकोप पीडितोद्वारा पदक, १८ औँ सार्क शिखर सम्मेलनलाई सफलतापूर्वक सम्पन्न गर्न योगदान गर्ने २५ हजार एक सय २२ जना नेपाल सरकारको तर्फबाट खटिएका कर्मचारी एवं सुरक्षाकर्मी र अन्य महानुभावहरुलाई प्रशंसा स्वरुप कदरपत्र प्रदान गर्ने र विमान चालक क्याप्टेन दिनेश न्योपाने(डोल्पा) र सह चालक क्या. सन्तोष राना –पाल्पा)लाई मरोपरान्त वीरता पदक प्रदान गर्ने घोषणा गरिएको छ । 

-नयाँ पत्रिका दैनिक