प्रचण्डलाई तीनदिन भित्र सर्वोच्च अदालत उपस्थित हुन आदेश, होला त १ बर्ष जेल ?

Posted on: May 24, 2016 | views: 472

११ जेठ, काठमाडौं ।
सर्वोच्च अदालतले अदालतको अवहेलना सम्बन्धि एक मुद्दामा नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई तीन दिनभित्र अदालतमा उपस्थित हुन आदेश दिएको छ ।

द्वन्द्वकालीन मुद्दामा आफ्नो पार्टीका नेताहरुलाई अदालतले फसाउन खोजेको अभिव्यक्तिले अदालतको अवलेहना भएको भन्दै परेको मुद्दामा सर्वोच्चले आज यस्तो फैसला गरेको हो ।

सर्वोच्च अदालतका कामु प्रधानन्याधीश सुशीला कार्कीको इजलासले प्रचण्डलाई उपस्थित हुन आदेश दिएको हो ।

अवहेलना मुद्दामा १ वर्ष जेल र ५० हजार जरीवाना वा दुवै सजाय हुनसक्ने व्यवस्था छ ।

यो मुद्दा नेपाली काँग्रेस समर्थक रहेका वकिल दिनेश त्रिपाठीले जेठ ३ गते दायर गरेका थिए ।