तीन वर्षदेखि लिभिङ टुगेदर, असमझदारी बढेपछि हत्या

Posted on: May 22, 2016 | views: 929

भक्तपुर ।
काभ्रेपलान्चोक महादेवस्थान गाविस वडा नं. ८ मण्डन पौवाका २८ वर्षिय श्याम श्रेष्ठलाई युवती हत्याको आरोपमा पक्राउ गरिएको छ ।

नुवाकोट जिल्लाका रातोमाटे गाविस १ महादेवस्थान घरभई सूर्यविनायक नगरपालिका ६ वस्दै आएकी १८ वर्षीय अन्जना थापाको हत्या आरोपमा श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो ।

महानगरीय प्रहरी वृत जगातीमा आयोजित पत्रकार सम्मेलनमा प्रहरी नायव उपरीक्षक मित्रवन्धु शर्माले युनवतीको हत्या गरी फरार रहेका श्रेष्ठलाई प्रहरीले दाङ्गको लमहीबाट उक्राउ गरेको जानकारी दिनु भयो ।

विगत ३ वर्षदेखि लिभिङ्ग टुगेदरका रुपमा वस्दै आएका श्रेष्ठ र थापा वीगत बैशाख २१ गते भएको झगडामा थापाको हत्या गरेको अनुसन्धानबाट खुलेको नायव उपरीक्षक शर्माले जानकारी दिनु भयो ।