लुम्बिनीमा बुद्धजयन्ती समारोह । राष्ट्रपति देखी आधा दर्जन पूर्व प्रधानमन्त्री र मन्त्रीहरुको लर्को

Posted on: May 21, 2016 | views: 358

६ जेठ, लुम्बिनी ।
राष्ट्रपति विद्यादेवी भण्डारीले २५ सय रुपैयाँ बुद्ध जयन्ती समारोहकोे बुद्ध जन्मस्थल लुम्बिनीमा उद्घाटन गर्नुभयो ।

त्यस अवसरमा राष्ट्रपतिले दीप प्रज्वलन गर्नुभयो भने बौद्धधर्मका तीन सम्प्रदाय महायान, थेरवाद र वज्रयानका गुरुहरुले बौद्ध वचन पाठ गर्नुभयो ।

बुद्धजयन्ती समारोहलाइ सम्वोधन गर्नुहुँदै राष्ट्रपति भण्डारीले लुम्बिनी क्षेत्रलाई पर्यटन स्थलको रुपमा लुम्बिनी गुरुयोजना अनुसारको विकास गर्नु पर्नेमा जोड दिनुभयो ।।
                                       
समारोहलाइ सम्वोधन गर्नुहुँदै प्रधानमन्त्री केपी शर्मा ओलीले बुद्ध विचारले अहिंसा, सद्भाव, मानवकल्याण र मानिसकै जीवनमा शान्तिको बाटो देखाएकाले नै उहाँका विचार विश्‍वभर लोकप्रिय हुन सकेका हुन् भन्नुभयो ।
                        
उद्घाटन समारोहमा पूर्वप्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले वौद्ध दर्शनको स्रोत लुम्विनी भएकाले यस क्षेत्रको विकासमा अन्तर्राष्ट्रिय सहयोग सदैव रहने अपेक्षा गर्नुभयो ।
                                    
पूर्वप्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आपूmहरु युद्धबाट शान्तिमा आएको प्रसंग सँगै लुम्विनीको भूमिले विश्वमै शान्तिको सन्देश दिने उल्लेख गर्नुभयो ।            

उपप्रधानमन्त्रीहरु, मन्त्रिगण, विभिन्न दलका सांसद र राजनीतिक दलका नेताको सहभागिता थियो । बुद्ध जयन्तीका अवसरमा लुम्बिनीमा २८ देशका ३५० भन्दा बढी बौद्ध धर्मगुरु तथा स्वदेशी र विदेशी गरी करिब १५ हजार बौद्ध धर्मावलम्बी सहितको सहभागिता  छ ।