नेपाली भूमि पुग्न नेपालीले भारतीय अनुमति लिनुपर्ने

Posted on: May 21, 2016 | views: 359

८ जेठ, भरतपुर ।
आफ्नै भूमि पुग्नलाई भारतीय सुरक्षाकर्मीको अनुमति लिनुपर्छ भन्दा पत्यार नलाग्न सक्छ ।

तर यथार्थ यही हो । चितवनको माडी ३ स्थित वाल्मिकी आरुम पुग्न नेपालीले भारतीय सुरक्षाकर्मीको अनुमति लिनुपर्ने बाध्यता छ ।
 
आफ्नै भूमिकाट सडक नभएकाले छिमेकीको अनुमति आवश्यक भएको हो । आश्रम पुग्ने वैकल्पिक मार्ग नहुदाँ भारतको वाल्मिकी नगर हुँदै आउनुपर्छ ।

त्यस क्रममा नाकामा तैनाथ सुरक्षाकर्मीको अनुमति आवश्यक पर्ने गरेको कान्तिपुर दैनिकमा समाचार छ ।