बल्ल चेत्यो । बेलायतले नेपाल आउने नागरिकलाई भन्यो-'प्रदर्शनबाट टाढा रहनू'

Posted on: May 20, 2016 | views: 396

७ जेठ, काठमाडौं ।
घुम्न वा अन्य कामले भनेर नेपाल आएर आन्दोलन, धर्म प्रचार लगायत गैर कानुनी काम गर्ने पश्चिमा देशहरु बल्ल केही चेत्न थालेको पाइएको छ ।

तीन दिन अघि काठमाडौंमा मधेशी मोर्चाको आन्दोलनमा फेटा बानेर सहभागी बेलायती नागरिक पक्राउ परेपछि बेलायतले आफ्ना नागरिकलाई सचेत गराएको छ ।

बेलायती विदेश मन्त्रालयले हालै अद्यावधिक गरेको ‘ट्राभल एड्भाइसु मा आफ्ना नागरिकलाई नेपालमा भइरहेका राजनीतिक गतिबिधीमा सहभागि नहुन र भएको खण्डमा नेपालको कानुन अनुशार दण्डित गर्दै देश निकाला गर्न सक्ने भन्दै सचेत गराएको छ ।
 
बेलायती विदेश मन्त्रालय ‘फरेन एन्ड कमन वेल्थु ले नेपालमा हुने प्रदर्शनहरुबाट टाढा रहन नेपाल भ्रमणमा जाने बेलायती पर्यटकलाई आग्रह गरेको हो ।
 
मधेशी दलहरुको काठमाडौ केन्दित्र आन्दोलनका क्रममा चार जना बेलायती नागरिक संलग्न भएको भेटिएको थियो ।
 
ती बेलायती नागरिकहरुले ‘लिम्बुवानु लेखिएको रातो फेटा टाउकोमा गुथेर मधेशी दलको आन्दोलनमा नारा लगाएका तस्बिर सार्वजनिक भएका थिए । ती मध्ये एक जनालाई तस्बिरका आधारमा पक्राउ गरी प्रहरीले पछि निर्दोष भन्दै रिहा गरेको थियो ।