प्रधानन्यायाधीशमा शुसीला कार्की

Posted on: May 03, 2016 | views: 343

२० बैशाख, काठमाडौं ।
संवैधानिक परिषद्को आजको बैठकले सर्वोच्च अदालतको रिक्त प्रधानन्यायाधीश पदमा कायम मुकायम प्रधानन्यायाधीश सुशीला कार्कीलाई नियुक्ति गर्न सिफारिस गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न बैठकले प्रधानन्यायाधीशको नयुक्ति संसदीय सुनुवाइ समितिमा पठाउने निर्णय गरेको कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अग्निप्रसाद खरेलले जानकारी दिनुभयो ।

परिषद्को यसअघिको बैठकमा कार्कीको सिफारिस भए पनि सभामुख ओनसरी घर्तीको अनुपस्थितिका कारण वैधानिकता प्राप्त गरेको थिएन ।