राष्ट्रिय बिकास परिषद्को बैठक जेठ २ र ३ गते

Posted on: May 03, 2016 | views: 369

२० बैशाख, काठमाडौं ।
राष्ट्रिय योजना आयोगको आइतबार बसेको बैठकले राष्ट्रिय बिकास परिषद्को बैठक आगामी जेठ २ र ३ गते गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री निबास बालुवाटारमा बसेको बैठकपछि संचारकर्मीसंग कुरा गर्दे राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. युबराज खतिवडाले बैठकले राष्ट्रिय बिकास परिषद् बैठकमा छलफलका लागी आगामी त्रिबर्षीय योजनाको मस्यौदा स्वीकृत गरेको र छलफल पछि त्रिबर्षीय योजनाको आधारपत्र तयार हुने बताउनु भयो ।

उपाध्यक्ष डा. खतिवडाले त्रिबर्षीय योजनाको आधार पत्रको आधारमै सरकारको आगामी कार्यक्रम अगाडी बढ्ने पनि बताउनुभयो ।