भ्रष्ट ओरोपित दीक्षितलाई जिताउन मुद्दा लड्न लागेका वकिलहरु यस्ता छन्

Posted on: May 03, 2016 | views: 380

१७ बैशाख, काठमाडौं ।
अमेरिकी बैंकमा लाखौं डलर, अकुत सम्पती थुपारेका र आम्दानी भन्दा बढी खर्च गरेको देखाएपछि भ्रष्ट भएको प्रमाणमा अख्तियारले पक्राउ गरेको बताइएका कनकमणि दिक्षितको पक्षमा ४० जना वकिलले मुद्दा लड्ने भएका छन् ।

पत्रकारको रुपमा समेत चिनिने कनकमणि दीक्षितलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानूनी हिरासतमा राखेको भन्दै परेको बन्दी प्रत्यक्षिकरणको रिटमाथि बहस गर्न यि वकिलहरुले नाम लेखाएका छन् ।

दीक्षितको लगानी रहेको हिमालखवर अनलाईनले लेखेको समाचार अनुसार १५ वैशाखमा दीक्षितकी पत्नी शान्ता दीक्षितले दिएको वन्दी प्रत्यक्षिकरणको रिटमा मुद्दा लड्न यि वकिलहरुले नाम लेखाएका छन् ।

१. ओमप्रकाश अर्याल, २. गोविन्द बन्दी, ३. भोजराज पन्त, ४. धिरेन्द्रकुमार शाह, ५. टीकाराम भट्टराई, ६. हरिहर दाहाल, ७. दिनमणि पोखरेल, ८. रुद्रप्रसाद नेपाल, ९. शम्भु थापा, १०. हिमेशकृष्ण खरेल, ११. ज्योति बानियाँ, १२. इन्द्र खरेल, १३. लक्ष्मीप्रसाद अधिकारी, १४. भरतराज खनाल, १५. प्रकाशबहादुर केसी, १६. प्रकाश महर्जन, १७. विजय सिंह, १८. रविनारायण खनाल, १९. बाबुराम दाहाल, २०. केदार कोइराला, २१. सुरेन्द्र थापा, २२. बालकृष्ण ढकाल, २३. सतिशकृष्ण खरेल, २४. इन्द्र अर्याल, २५. दिनेश त्रिपाठी, २६.शिवबहादुर भुजेल, २७. युवराज बन्जाडे, २८.पूर्णचन्द्र पौडेल, २९.ज्योति लम्साल पौडेल, ३०. राजन अधिकारी, ३१. पूर्णप्रसाद राजवंशी, ३२. पून्देवी महर्जन (सुजना), ३३. यदुनाथ खनाल, ३४. बलराम सुवेदी, ३५. कमलप्रसाद इटनी, ३६. किर्तीनाथ शर्मा, ३७. प्रकाश थापा, ३८. अमिता दीक्षित, ३९.कृष्ण थापा, ४०. वल्लभ बस्नेत

हिजो भएको सुनुवाईमा सर्वोच्चले विपक्षी अख्तियारलाई २० वैशाखमा उनलाई पक्राउ गर्नुको लिखित कारण सहित दीक्षितलाई समेत चिकित्सकको निगरानीमा अदालतमा उपस्थित गराउन आदेश दिएको छ ।

२० वैशाखमा पेशीमा राखिएको उक्त मुद्दामा बहसका लागि दीक्षितका तर्फबाट मुद्दा लड्न लागेका वकिल मध्ये पूर्व बार अध्यक्ष तथा एमालेका नेता रहेका शम्भु थापा लगायतका केही आफैं आर्थिक अपचलनमा विवादीत वकिलहरु हुन् ।