२ बालबालीकाको जलेर मृत्यू

Posted on: May 02, 2016 | views: 295

१५ बैशाख, बागलुङ ।
जल्लाको बोहरागाउ ७ जिरीमा आगलागि हुदा २ जना बालबालीकाको जलेर ज्यान गएको छ ।

स्थानीय हिम बहादुर घर्तिको घरमा मंगलबार साझ ६ः३० बजेको समयमा लागेको आगोमा परी ६ बर्षीया समुन्द्र घर्ति र ३ बर्षीय मनोज घर्तिको ज्यान गएको इलाका प्रहरी कार्यालय बुर्तिबाङले जनाएको छ ।

आगोलागीबाट एउटा ढुङ्गेघर र खरको छानो भएको गोठ पुर्णरुप जलेर नष्ट भएको स्थानियले बताएका छन् ।

आगोलागिको कारण खुल्न सकेको छैन । राति अबेर मात्रै आगो नियन्त्रणमा आएको थियो ।