फेरी हतियार सहित भारतीय प्रहरी नेपाल छिर्यो

Posted on: May 02, 2016 | views: 226

१२ बैशाख, डोटी ।
पटक पटक बाटो झुक्कीएको भन्दै हतियार सहित नेपाल छिर्नेगरेको भारतीय सुरक्षाकर्मीहरु फेरी त्यस्तै बहाना बनाएर नेपाल छिरेका छन् ।

हातहतियार सहित आएका पाँच जना भारतिय प्रहरी डोटीमा पक्राउ परेका छन् । डोटी र अछामको सिमानामा रहेको चौखुट्टे बजारबाट उनीहरु पक्राउ परेका हुन ।

जिल्ला प्रहरी कार्यालय डोटीबाट गएको प्रहरी निरिक्षकको टोलीले उनीहरुलाई पक्राउ गरेको स्थानीय ब्यापारीले जनाएका छन्् । तर, यसबारे नेपाल प्रहरीले भने आधिकारिक सूचना दिन मानिरहेको छैन् । ‘पक्राउ परेकोसम्म खबर मकहाँ पुगेको छ । तर, ती प्रहरी हुन वा होईनन् त्यो भने अझै पत्ता लागेको छैन,’ सुदूरपश्चिम प्रहरी प्रमूख प्रहरी नायब महानिरिक्षक बिजयराज भट्टले भने,‘म अहिले धनगढी छु । यतै ल्याउन भनेको छु । यतै ल्याए थाहा हुन्छ ।’

भारतिय नम्बर प्लेटकै गाडीमा सवार भएर आईतबार बिहान करिब ६ बजे उनीहरु चौखुट्टे पुगेका थिए । त्यहाँबाट उनीहरु अछामको पायल र सोकट गाविसतर्फ जाने शाखा सडकतर्फ अगाडी बढीरहेका बेला जिल्ला प्रहरी कार्यालयबाट पछ्याउदै गएको टोलीले पक्राउ गरेको स्रोतले जनाएको छ ।

उनीहरुले एकजना अछामकै स्थानीयलाई पनि बाटो देखाउन भन्दै ल्याएको बुझिएको छ । उनीहरुको साथमा एक थान एके–४७ राईफल, २५ थान त्यसमा लाग्ने गोली, एक थान रिबल्भर र १२ रिभल्बर गोली भेटिएको स्रोतले जनायो ।

सादा पोशाकमा आएका उनीहरुमध्ये एक जना भारतिय प्रहरी ईन्स्पेक्टर रहेको समेत बुझिएको छ । भारतमा एक जना चिकित्सकको हत्या गरि फरार भएका अभियुक्तलाई खोज्दै उनीहरु नेपाल आएको स्रोतले जानकारी दियो ।

यसबारेमा प्रहरीले भने पुरै तथ्य लुकाउन खोजिरहेको छ । पक्राउ गर्न खटिएका प्रहरी निरिक्षक बोधराज ओझाले ‘यसबारेमा आफुलाई कुनै कुरा थाहा नभएको’ बताउदै थप जानकारी दिन डोटीका प्रहरी उपरिक्षक दिल्लीराज बिष्टलाई फोन गर्न सुझाए ।

प्रहरी उपरिक्षक बिष्ट यसअघि जिल्लामा आयोजित भूकम्प स्मरण दिवसमा कार्यक्रममा प्रमूख जिल्ला अधिकारी केशबराज आचार्यलाई ‘काम प¥यो बाहिर जानुपर्ने भयो’ भनेर अकस्मात बाहिरिएका थिए । उनी त्यहाबाट बाहिरिए पछि  सिधै पक्राउ परेका भारतिय प्रहरी लगेर धनगढीतर्फ लागेको बुझिएको छ ।
प्रमूख जिल्ला अधिकारी आचार्यले पक्राउ परेको बिषयमा अनभिज्ञता प्रकट गरे ।  ‘बिहान एसपी सा’ब त्यत्ति भनेर निस्कनुभएको हो । सायद, त्यही भएर हुनसक्छ । यसबारेमा म पनि बुझ्छु,’ उनले भने । केही समयपछि ‘केही बुझ्नभयो रु’ भन्ने प्रश्नमा आफुले कुनै कुरा बुझ्न नसकेको प्रतिक्रिया दिए ।
प्रहरी उपरिक्षक बिष्टले पनि यसबिषयमा जानकारी दिन चाहेनन् । उल्टो ‘धनगढीमा हाम्रो गोष्ठि छ । त्यसैका लागि म हिडेको हुँ,’ भने । ‘कुरा सत्य होकी होईन यत्ति त, भन्नुस’ भनेर सोधिएको प्रश्नमा उनी हाँसिमात्र रहे । ‘केही कुरामा तपाईले मलाई पनि बचाउनुपर्ने हुन्छ,’ उनको जवाफ थियो ।

अपराधि पक्राउ गर्न कुनैपनि देशको प्रहरीले अर्को देशको सिमा नाघेर आउजाउ गर्न पाईदैन । अपराध गरेर अर्को देशको सिमाभित्र प्रबेश गरेको अपराधिले सोही देशको प्रहरीले पक्राउ गरेर सपुर्दगी गर्ने अन्तराष्ट्रिय प्राबधान छ ।

नेपाल र भारतका बिचमा पनि बि।स। २०१० सालमा सपुर्दगी सन्धी भएको थियो ।  तर, भारतिय प्रहरीले नेपाली सिमा भित्र पसेर पटक–पटक उक्त सन्धीको ‘खिल्ली उडाउदै’ आएको छ । तर, नेपाल प्रहरीले राजनितिक तथा अन्य बिभिन्न दबाबमा त्यसरी नेपाल पसेका भारतिय प्रहरीलाई सकुशल भारत पठाउदै आएको छ ।

यसपटक पनि नेपाल प्रहरीले पक्राउ परेका भारतिय प्रहरीलाई सकुशल भारत पठाउदै छ । यसैले नै सिधै डोटीबाट कैलालीतर्फ लगेको स्रोतको दाबी छ । ‘सम्भवतः भोली ९सोमबार० नै उनीहरुलाई सिमापारी पठाईनेछ,’ स्रोत भन्छ ।

सुदूरपश्चिम प्रहरी प्रमूख प्रहरी नायब महानिरिक्षक भट्टले पनि सोही कुराको जनाउ गरे । ‘नेपाल र भारत दुबै देशका प्रहरीको आफ्नो छुट्टै मित्रवत् सम्बन्ध छ,’ उनले भने,‘त्यसलार्ई सानातिना कुराले खलल पुग्ने काम गर्नु हुन्न । खुल्ला सिमाना भएकाले यस्ता घटना हुनसक्छन् । कम गराउन पहल गर्ने हो ।’ यसमा कुनै राजनितिक दबाब नरहेको उनले आशय दिए ।