विनाशकारी भूकम्पको बर्षदिन, नुवाकोट केन्द्र बनाएर भूकम्प गयो

Posted on: May 01, 2016 | views: 425

१२ बैशाख, बिदुर ।
विनाशकारी शक्तिशाली भूकम्प गएको वर्षदिन पुगेकै दिन नुवाकोट जिल्लालाई केन्द्रबिन्दु बनाएर भूकम्पको पराकम्पन गएको छ ।

राति २ बजेर १६ मिनेटमा नुवाकोटलाई केन्द्रबिन्दु बनाएर ४ दशमलब २ रेक्टर स्केलको पराकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ ।

यससँगै बारपाक केन्द्रबिन्दु बनाई भूकम्प गएको एक वर्षमा ४ रेक्टर भन्दा माथिका ४ सय ५० वटा पराकम्पन गएको छ ।

निरन्तर पराकम्पहरु नरोकिदा मानिसहरुमा भूकम्पको त्रास कायम रहेको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार गत बर्ष बैशाख १२ गते गएको ७.६ रेक्टर स्केलको भूकम्पको पराकम्पन जाने क्रम अझै रोकिएको छैन ।