कनकमणि दीक्षितले ५ करोड कमाएर १२ करोड कहाँबाट खर्च गरे

Posted on: May 02, 2016 | views: 280

दीक्षितको नाममा चेज बैंक अमेरिकाको खातामा अमेरिकी डलर १७ हजार २०८, श्रीमती शान्ता दीक्षितको नाममा बेलायतको एचएसबिसी बैंकमा ६८ हजार ९२६ अमेरिकी डलर र एप्पल बैंक अमेरिकामा बेलायती मुद्रा चार हजार १२६

११ वैशाख, काठमाडौं ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा छानबिनमा रहेका साझा यातायाका अध्यक्ष कनकमणि दीक्षितलाई शुक्रबार पक्राउ गरेको छ ।

अख्तियारको टोली प्रहरीसहित शुक्रबार दिउँसो पाटनढोकास्थित दिक्षितको घरमा पुगेको थियो । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

अख्तियारको छानविन अनुसार कनकमणि र श्रीमती शान्तले विभिन्न संस्था तथा निकायबाट तलब, भत्ता, लाभांश र सुविधाबापत पाँच करोड आम्दानी गरेको तर १२ करोडभन्दा बढी खर्च गरेको देखिएन्छ । सात करोड कहाँबाट आयो भन्ने जवाफ भेटिएको छैन ।

कनकमणी दिक्षितलाई अख्तियारले यसरी समात्यो (भिडियो)