मर्यादा मिच्ने कुटनीतिक समुदायलाई सचेत गराउँदै सरकार

Posted on: May 02, 2016 | views: 165

११ बैशाख, काठमाडौं ।
सरकारको कुटनीतिक निकायलाई जानकारी नगराई काठमाडौंस्थित नियोग प्रमुखदेखि प्रतिनिधिहरुले मधेसी मोर्चाका नेताहरुसँग छुट्टै छलफल गरेकोमा सरकारले उनीहरुलाई सचेत गराउँदै भेटघाटप्रति असन्तुष्टि व्यक्त गरेको छ ।
 
नेपालको आन्तरिक राजनीतिक मामिलामा कुनै पनि दल विशेष वा समूहसँग भेट्नअघि कुटनीतिक प्रतिनिधिले सरकारलाई जानकारी दिनु पर्ने परराष्ट्र मन्त्रालयको धारणा छ ।

कुनै जानकारीबिना कुटनीतिक समुदाय बेलगाम हिड्नु भियना कन्भेसनविरुद्ध मात्र नभई कुटनीतिक आचारसंहिताविरुद्ध समेत भएको अधिकारीहरुले बताए।
 
परराष्ट्र मन्त्रालयले शुक्रवार विज्ञप्ति जारी गर्दै मधेसी मोर्चाका नेताहरुसँग सरकारको जानकारी बिना राजदूतहरुले भट्नु कुटनीतिक मर्यादा र भियना महासन्धिविपरित रहेको भन्दै उनीहरुलाई सचेत गराइएको जनाएको कान्तिपुर दैनिकमा समाचार छ।