कनकमणी दिक्षितलाई अख्तियारले यसरी समात्यो (भिडियो)

Posted on: May 02, 2016 | views: 421

दीक्षितको अमेरिकामा, ८६ हजार डलर, ४  लाख ३५ हजार डलरको अपार्टमेन्ट

१० बैशाख, काठमाडौं ।
अख्तियार दुरूपयोग  अनुसन्धान आयोगले पत्रकारका रुपमा चिनिंदै आएका कनकमणि दिक्षितलाई पाटनस्थित आफ्नैं घरबाट पक्रेको छ।

यसअघि सम्पत्ति विवरण लुकाएपछि ५ हजार रुपैयाँ जरिवाना तिराईसकेको अख्तियारले दिक्षितले अख्तियारलाई दिएको स्पष्टिकरण चित्त नबुझ्ने खालको भएपछि पक्राउ गरेको हो ।

२ दर्जन प्रहरी सहित अख्तियारले पाठनढोकास्थित दिक्षित निवास पुगेर पक्राउ पुर्जि थमाउँदै उनको घर र अफिस परिसरभित्र रहेको ढोकैमा क्याफेबाट पक्रेर लगेको छ ।

‘तपाईँ कनकमणि दिक्षितविरूद्ध गैर कानुनी सम्पत्ति आर्जन गरेको भ्रष्टाचारको कसुरको अभियोगमा अनुसन्धान गर्नुपर्ने देखिन आएकोले यो पूर्जि लिइ आउने प्रहरी कर्मचारीका साथ लागि आउनुहोला। अन्यथा तपाईँलाई निजहरूले नछाडि ल्याउनेछन् । भन्ने चेतावनीपूर्ण भाषामा अख्तियारले उनलाई पक्रेको हो ।

पत्रकारको रुपमा चिनिएपनि मुख्यता एमाओवादीमाथि खनिंदै आएका दिक्षित गत बर्ष पश्चिमा देशबाट लाखौं डलर बुझ्दै पत्रिका प्रकाशन गर्दै आएको काण्डमा मुछिएका थिए । पछि दिक्षिले सो आरोप स्विकार्दै स्विकारिसकेका छन् ।

भष्ट्चार निवारण ऐन २०५९ र अख्तियार दुरुपयोग आयोगको ऐन २०४८ बमोजिम वार्षिक सम्पत्ति विवरण नबुझाएपछि साझा यातायातमा रहेका का पदाधिकारी सहित अध्यक्ष रहेका दिक्ष्ीतलाई पाँच हजार जरिवाना यसअघि तिराउँदा समेत अटेरी गरि दिक्षीतले सम्पत्री विवरण लुकाउँदै आएका छन् ।

आफ्नो सम्पत्ती विवरण बुझाउन ताकेता गर्दा दिक्षीतले उल्दै अख्तियारले गैरकानुनी रुपमा आफ्नो सम्पत्ती विवरण मागेको भन्दै बचाउ गरेका थिए ।

अझ रोचक कुरा त के भने दीक्षितले गत मंसिर २९ मा उजुरी र आरोपबारे कुनै जानकारी नदिई कानुन बाहिर गएर सम्पति विवरण मागेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग, प्रमुख आयुक्त लोकमानसिंह कार्की सहित ६ जना विरुद्ध मुद्दा समेत दायर गरेका थिए ।

श्रोतका अनुसार दीक्षितको स्वास्थ्य परीक्षण पछि उनलाई हिरासतमा राखिनेछ । अख्तियार कार्यालयबाट उनलाई स्वास्थ्य परीक्षणकालागि बीर अस्पताल लैजाने तयारी गरिएको छ ।

नियन्त्रणमा लिएका व्यक्तिको स्वास्थ्य परीक्षण गराउनु अनुसन्धानको प्रारम्भिक प्रकृया हो । उनलाई अख्तियारको हिरासतमा रखेर अनुसन्धान अगाडि बढाउने तयारी रहेको छ ।

यसअघि नै अख्तियारले दिक्षितलाई पत्र काटेको थियो । उनको सम्पती छानबिन गरिरहेको सन्दर्भमा दीक्षित पक्राउ परेका हुन् ।

पछिल्ला चरणका पत्राचार र अाग्रहमा दीक्षितलई अाख्तियारमा हाजिर हुन निर्देशन थियो। तर उनले अख्तियारको अादेश अटेर गरेको भन्दै प्रहरी नै खटाएर नियन्त्रणमा लिइएको अख्तियार श्रोतले जानकारी दियो ।

यस्तो लेखिएको छ कनकमणी दिइाीत पक्राउ पुर्जीमा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट जारी भएको
जिल्ला ललितपुर, ललितपुर उपमहानगरपालिका वडा नं ३, श्री दरबारटोल, पाटनढोका बस्ने कमलमणि आचार्य दीक्षीतका छोरा, वर्ष ६० का कनकमणि दीक्षितको नाममा जारी भएको

पक्राउ पुर्जी
तपाईँ कनकमणि दीक्षित विरुद्ध गैर कानुनी सम्पत्ती आर्जन गरेको भ्रष्टाचारको कसुरको अभियोगमा अनुसन्धान गर्न पर्ने देखिन आएकोले यो पुर्जी लिई आउने प्रहरी कर्मचारी र कर्मचारीका साथ लागि आउनु होला । अन्यथा तपाईलाई निजहरुले नछाडि ल्याउनेछ ।
गैरकानुनी रुपमा सम्पत्री कमाएका कनकमणी दीक्षितले आफ्नो सम्पत्री विवरण माग्दा दिएको बयान भिडियोमा हेर्नुहोस्, भिडियो हेर्न
यहाँ क्लिक गर्नुहोस्

यसैबिच अन्नपूर्ण पोष्टले अमेरिकी बैंकमा दीक्षितको ८६ हजार डलर रहेको समाचार प्रकाशित गरेको छ ।

राससलाई उदृतगर्दै लेखिएको समाचारमा अमेरिकामा चार लाख ३५ हजार डलरको अपार्टमेन्ट समेत रहेको लेखिएको छ ।

अकुत सम्पत्ति कमाएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साझा यातायात सहकारी लिमिटेडका अध्यक्ष कनकमणि दीक्षितलाई पक्राउ गरेको छ ।
 
शुक्रबार दीक्षितलाई पाटनढोकाबाट आयोगका कर्मचारी र नेपाल प्रहरीले पक्राउ गरेको हो । आयोगका अनुसार दीक्षितको नाममा चेज बैंक अमेरिकाको खातामा अमेरिकी डलर १७ हजार २०८, श्रीमती शान्ता दीक्षितको नाममा बेलायतको एचएसबिसी बैंकमा ६८ हजार ९२६ अमेरिकी डलर र एप्पल बैंक अमेरिकामा बेलायती मुद्रा चार हजार १२६ रहेको अध्ययनको क्रममा पत्ता लागेको छ ।
 
यस्तै, कमलमणि दीक्षित, अन्जु दीक्षितको नाममा एचएसबिसी बैंकमा रहेको खाताबाट भारत दिल्लीस्थित म्याट्रिक्स टिभी प्रालिको नाममा ५० हजार अमेरिकी डलर पठाएको पाइएको तर नियमानुसार नेपाल राष्ट्र बैंकलाई जानकारी नगराएको आयोगले जनाएको छ ।
 
त्यस्तै, दीक्षित दम्पतीको नाममा एसबिसी बैंक बेलायतमा २७ हजार ६३८ बेलायती मुद्रा मौज्दात रहेको, स्टयान्डर्ड बैंक बेलायतको ३६ हजार सेयर कनकमणिको नाममा रहेको र दम्पतीको नाममा एसबिसी बैंकको एक लाख २० हजार साधारण सेयर रहेको देखिएको छ ।
 
विभिन्न अन्तर्राष्ट्रिय सङ्घ तथा संस्थाबाट ११ करोड १२ लाख ४९ हजार ४३५ सहयोग लिएको र कुन प्रयोजनका लागि खर्च गरेको प्रष्ट नभएको, विभिन्न निकायबाट प्राप्त गरेको तलब भत्ता, लाभांश तथा सुविधाबापत रु पाँच करोड आम्दानी गरेको भएपनि आम्दानीभन्दा बढी सात करोड खर्च गरे पनि त्यसको आधार प्रष्ट नदेखिएको जनाइएको छ ।
 
दीक्षितले अमेरिकामा २०१० नोभेम्बर १० मा अमेरिकी डलर चार लाख ३५ हजारमा अपार्टमेन्ट खरिद गरेको, लामाटार–७ मा अवस्थित जग्गा कीर्ते गरी बेचबिखन गरेको र मोही एवम् गुठियारलाई झुक्याएको अनुसन्धानबाट पत्ता लागेको छ ।
 
त्यसैगरी, हिमाल मिडिया र जगदम्बा प्रेसले साल्ट टे«डिङ कर्पोरेसनलाई तिर्नुपर्ने रु एक लाख ४३ हजार ५३ र जगदम्बा प्रेसले तिर्नुपर्ने २१ हजार ५८९ अझैसम्म नतिरेको र सरकारी संस्थालाई घाटा पु¥याएको अध्ययनबाट देखिएको छ ।
 
आयोगका प्रवक्ता कृष्णहरि पुष्करले चल अचल सम्पत्ति गैरकानुनी रुपमा आफ्नो नाममा पारेको र सम्पत्तिका सम्बन्धमा परेको उजुरी छानबिनका लागि उपस्थित हुन पटकपटक गरिएको आग्रहलाई अटेर गरिएकाले पक्राउ गरिएको जानकारी दिए ।
 
आयोगले गरेको अध्ययनबाट उनको परिवारका नाममा रहेको चल अचल सम्पत्ति, बैंक खातालगायतका विवरण यकिन गर्दा तालमेल नमिलेको, अनुसन्धान अधिकृतले पटकपटक अनुसन्धान प्रक्रियालाई सहयोग गर्न आग्रह गर्दा अटेर गरेको र आयोगको अनुसन्धानलाई प्रभावित पारेको आयोगको भनाइ छ ।
 
हिरासतमा राखिएको दीक्षितलाई आवश्यक कानुनी प्रक्रिया र प्रावधानका आधारमा थप छानबिन गरिने र विशेष अदालतमा पेस गरिने प्रवक्ता पुष्करले बताए ।
 
साझा यातायात नेपाल सरकारको स्वामित्व रहेको संस्था भएकाले कानुनअनुसार नै सम्पत्ति विवरण बुझाउनु र कानुनलाई सम्मान गर्नु दीक्षितको पनि दायित्व रहेको पुष्करको तर्क छ ।

दीक्षितले यसरी उठाउथे दूतावासबाट लाखौ रकम !
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले शुक्रबार दिउँसो पत्रकार तथा साझा यातायातका अध्यक्ष कनकमणि दीक्षितलाई पक्राउ गरेको छ। सम्पतिको स्रोत नखुलेको आरोपमा अख्तियारले उनलाई पक्राउ गरेको हो । सम्पतिको स्रोतबारे दीक्षितले यस अघि दिएको स्पष्टिकरण चित्त बुझ्दो नभएको पुर्जी नामा थमाउदै करिब २ दर्जन प्रहरीसहित अख्तियारका अधिकारीहरूले पाठनढोकास्थित दीक्षित निवास उनलाई पक्राउ गरेको हो ।

दीक्षितले ले द साउथ एसिया ट्रस्टका नाममा करोडौं रकम उठाएर भ्रष्ट्राचार गरेको अख्तियारको दाबी छ । दीक्षितले ट्रस्टका नाममा नर्वे्जियन दूतावासमार्फत लिएको ६ करोड २७ लाख रकमबारे पनि आयोगले यस अघि नै छानबिन अघि बढाएको थियो । २२ अगस्त, २०१३ मा ट्रस्टका नाममा दूतावाससंग ३८ लाख ९२ हजार नर्वेली क्रोनर अर्थात ६ करोड २७ लाख रुपैयाँ सहयोगसम्बन्धी सम्झौता भएको थियो ।

अख्तियारको आरोपबारे दीक्षितले दिएको स्पष्टिकरणमा दूतावासको लेटरप्याडमा चलानी नम्बर १३\००५८५ रहेको सम्झौतामा ‘क्षेत्रीय शान्ति र विकास प्रवद्र्धन गर्ने आमसञ्चारमाध्यमको प्रयोग परियोजना’ का लागि रकम लिने उल्लेख गरेका छन। ‘आयोगमा उपस्थितिका लागि सम्बन्धित अनुसन्धान अधिकृतद्वारा पटक-पटक टेलिफोन तथा पत्राचार गरी सूचित गर्दा समेत सो को अवज्ञा गर्दै उहाँले आफू आयोगमा उपस्थित नहुने निवेदन समेत दर्ता गराई कानूनको प्रतिकूल आचरण गरेको र अनुसन्धान कार्यमा बाधा व्यवधान पुर्याएको हुनाले उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १९(१) को (ग) को कानूनी प्रावधान अनुसार पक्राउ गरी आयोगमा ल्याइएको र निज उपर थप अनुसन्धान तथा तहकिकात कार्य जारी राखिएको व्यहोरा जानकारी गराइन्छ। ’ अख्तियारद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।-bizpati.com