१७ डिएसपीलाई एसपीमा बढुवा, को-को परे (नामावली सहित)

Posted on: May 01, 2016 | views: 217

काठमाडौं,फागुन ९ । प्रहरी प्रधान कार्यालय नक्सालले १७ जना डिएसपीलाई एसपीमा बढुवा गरेको छ ।प्रहरीको बढुवा समिति बैठककोे सिफारिस अनुसार प्रहरी प्रधान कार्यालयले १७ जनालाई एसपीमा बढुवा गरेको हो । एसपीमा बढुवा हुनेहरुमा राजकुमार बैदवार, जनकराज पाण्डेय, मुकेशकुमार सिंह, हृदय थापा र यज्ञबिनोद पोखरेललाई एसपीमा बढुवा गर्न सिफारिस गरेको हो ।

त्यस्तै एसपी बढुवामा सिफारिसमा पर्ने अन्य डिएसपीहरुमा सुरेन्द्रप्रसाद मैनाली, गोरखसिंह भण्डारी, कृष्णहरी शर्मा पोखरेल, अशोक सिंह, चक्रबहादुर सिंह, सुदम कुमार सिजापति र भोलाबहादुर रावल छन् । डिएसपीहरु दिल्लीराज विष्ट, कमलप्रसाद खरेल, प्रमोदकुमार खरेल, रमेश थापा र सुदिप भण्डारी पनि बढुवा सिफारिसमा परेका छन् ।