मनोज गजुरेलले कुश्मा बडारेर पर्वतेलाई हसाउँदै

Posted on: May 03, 2016 | views: 272

विनोद आचार्य -८ बैशाख, पर्वत ।
लोकप्रिय हाँस्य कलाकार मनोज गजुरेल सहितका कलाकारहरुले पर्वत सदरमुकाम कुश्मा सरसफाई अभियानमा हातेमालो गरेका छन् ।

ब्लु डायमण्ड हाँस्य व्यङ्ग्य यात्रामा सहभागी हुन आएका गजुरेल सहितका कलाकारहरुले कुश्मा बजार सरसफाइमा सहभागीता जनाई सरसफाइ गरेका छन् ।

हाँस्य कलाकार मनोज गजुरेलसँगै चर्चित गायिका मिलन अमात्य, नायिका जानुबी बोहोरा, नेपालका होचा व्यक्ति दिपेन शाह, कलाकार जादुगरर महादेव त्रिपाठी, हाँस्यकलाकारहरु मुलासाग र जोगिन्दर पानवाला सरसफाइ अभिानमा सहभागी भएका थिए ।

1

पर्वत जेसीजको नेतृत्वमा भएको कुश्मा सरसफाईको २० औं हप्तामा सहभागीता पछि कलाकारहरुले आजै साँझ सदरमुकाममा रहेको सिद्देश्वर चलचित्र मन्दिरमा आफ्नो प्रस्तुती देखाउँदैछन् ।

13046222_825713740906539_241732230_n

कुश्मा सरसफाइ अभियानमा कलाकारहरुसँगै प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकाल, स्थानीय विकास अधिकारी युवराज पौडेल,  प्रमुख जिल्ला इन्जिनियर महेन्द्र बानिया, सुरक्षा निकायका प्रमुख तथा, मिलन फाउण्डेसन नेपाल, सरकारी कार्यालयका कर्मचारी तथा ठूलो संख्यामा पर्वतवासीको सहभागीता रहेको थियो ।

DSC_0083DSC_0868

कुश्मा सरसफाइ अभिायनको २० औं हप्तासम्म आइपुग्दा पर्वत कुश्मा बजार सरसफाइ अभियानले व्यापकता लिंदै गइरहेको छ भने जिल्लामा सरसफाइको चेतनामा बृद्धि हुनुका साथै पर्वत सदरमुकाम सफा सुघ्घर देखिन थालेको स्थानियहरु बताउँछन् ।

DSC_0870DSC_0929
DSC_0933IMG_1001