कनकासुन्दरी मन्दिरमा १३ औँ शताब्दीका मूर्ति भेटिए

Posted on: May 03, 2016 | views: 187

६ बैशाख, जुम्ला ।
जुम्ला सिंजाको कनकासुन्दरी गाविस–७ स्थित धोबीघाट नजिक १३ औँ शताब्दीका मूर्ति भेटिएका छन् ।

धर्मशालाको जग खन्दै गर्दा पाँचवटा मूर्ति भेटिएका हुन् ।

उत्खननको अवस्था तथा भेटिएका मूर्ति अध्ययन गर्दा १३ औँ शताब्दीको मल्लकालीन सभ्यतासँग सम्बन्धित हुनसक्ने कर्णालीका संस्कृतिविद् तथा इतिहाससम्बन्धी जानकार रमानन्द आचार्यले बताउनुभयो ।

कनकासुन्दरी मन्दिर व्यवस्थापन समितिका अध्यक्ष नरबहादुर रावतले भेटिएका सबै मूर्ति कनकासुन्दरी प्रहरी चौकीको सुरक्षामा राखिएको जानकारी दिनुभयो ।