प्रधानमन्त्री ओलीद्धारा जापानमा भूकम्पबाट भएको क्षतिमा दुख व्यक्त

Posted on: May 03, 2016 | views: 211

४ बैशाख, काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पबाट जापानमा भएको धनजनप्रती दुख व्यक्त गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीका प्रेस संयोजक चेतन अधिकारीलेका अुनसार “प्रधानमन्त्रीले दुःखको यस घडीमा जापान सरकार र जापानी जनताप्रति सहानुभूति समेत प्रकट गर्नुभएको छ ।”

जापानको दक्षिण भूभागमा बिहिबार र शनिबार आएको छुट्टा छुट्टै शक्तिशाली भूकम्पमा परी कम्तिमा ४१ जनाको मृत्यु भएको छ भने दुई हजार बढी व्यक्ति घाइते भएका छन् ।

भूकम्पका कारण जापानमा सडक, पुल, बिजुली र अन्य भौतिक पूर्वाधारमा क्षति पुगेको छ । यसैगरि भूकम्पबाट १ लाख बढी व्यक्ति प्रभावित हुनुका साथै ५० हजार बढी व्यक्ति बस्ने घर प्रयोग गर्न नमिल्नेगरि क्षतिग्रस्त भएका छन् ।