एलाइभ सहकारीको आयोजनामा वृहत् रक्तदान 

Posted on: May 01, 2016 | views: 243

काठमाडौं,बैशाख २ ।  असन कमलाक्षीमा रहेको एलाइभ बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रम आयोजना गरेको छ । नयाँ वर्ष २०७३ तथा संस्थाको सातौ वार्षिकोत्सवको अवसरमा आयोजित वृहत् रक्तदान कार्यक्रममा ९३ जनाले रक्तदान गरेका थिए । बुधबार जमल चोकमा आयोजना गरिएको उक्त कार्यक्रममा दुई सय भन्दा बढी रक्तदाताहरूको उपस्थिति रहेपनि रक्तचाप र अन्य शारिरिक अवस्थाका कारण धेरैले रक्तदान गर्न पाएका थिएनन् । 
रगतकै अभावमा कोही पनि नागरिकले अकालमै ज्यान गुमाउन नपरोस् र त्यसका लागि थोरै भएपनि सहयोग मिलोस् भन्ने उद्देश्यका साथ रक्तदान कार्यक्रमको आयोजना गरिएको सहकारीका प्रबन्ध निर्देशक उमेश खड्काले बताए । कार्यक्रममा सहकारीका कार्यसमिति, सेयरधनी, बचतकर्ता र स्थानीय समाजसेवीहरूको समेत उल्लेख्य उपस्थिति रहेको थियो । रक्तदाताहरूलाई सहकारीले प्रमाणपत्र समेत प्रदान गरेको छ । 
सहकारीले यसअघि पनि विभिन्न सामाजिक गतिविधिहरू गर्दै आएको छ । विगतका दिनमा आफ्ना सेयरधनी र सदस्यहरूलाई बनभोज लैजाने, सहकारीसम्बन्धी विभिन्न तालिमहरूको आयोजना र संयोजन तथा सहकारी सचेतनाका कार्यक्रमहरू गर्दै आएको संस्थाका प्रबन्ध निर्देशक खड्काले जानकारी दिएका छन् । २०६५ सालमा स्थापना भएको एलाइभ बतच तथा ऋण सहकारी संस्था लिमिटेडमा दुई करोड दुई लाख शेयरपुँजी छ भने पाँच सय बढी सदस्यहरूको साढेँ छ करोड माथि निक्षेप रकम रहेको छ ।