प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ का सांसद् खतिवडाबाट चार करोड बिनियोजन (विस्तृतमा)

Posted on: November 16, 2018 | views: 416

नुवाकोट । नुवाकोटको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ का सांसद नारायणप्रसाद खतिवडाले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको चार करोड रुपैयाँ बजेट शुक्रबार बाँडफाँट गर्नुभएको छ ।


कार्यक्रम निर्देशक समितिको विदुरमा बसेको बैठकले निर्वाचन क्षेत्र नं २ मा रहेका दुई नगरपालिका र तीन गाँउपालिकामा समान रुपमा बजेट बिनियोजन हुनेगरी विभिन्न २० योजना तय गरिएको सांसद नारायणप्रसाद खतिवडाले जानकारी दिनुभएको छ ।


उहाँले  प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ मा जस्तै, सडकलाई प्रथामिकता दिनुभएको छ भने विद्यालय भवन, सिचाई, खानेपानी, पुस्तकालय, मन्दिर निर्माण, खेल मैदान लगायतको लागी पनि बजेट छुट्टाउनुभएको छ ।
उहाँले छुट्टाएको बजेट यस प्रकार रहेको छ ।