अझै बनेन मैसराको हात्तीले भत्काएको टहरा

Posted on: December 19, 2017 | views: 139

पप्पु गुरुङ्ग । जंगली हात्तीले घर भत्काए पछि माहाकालीमा नगरपालिका बडवाल टोलका ७५ वर्षिय मैसरा बुढा अझै सम्म आफन्तको शरणमा दिन बिताउदै आएका छन् । माहाकाली नगरपालिका वडा नं. ३ बडवाल टोलका बृद्ध मैसरा बुढाको भदौं २३ गते राती हात्तीले घर भत्काईदिएपछि उनि आफ्नो नातिनी लक्ष्मी खत्रीको शरणमा दिनहरु बिताईरहेका छन् । रातीको समयमा भारतिय जंगलबाट बस्ती भित्रिएको हात्तीको बथानले मैसराको कच्ची घर भत्काउनुको साथै उनको खेतवारीको अन्नपात नष्ट गरेपछि उनि बिगतका ४ महिना देखि आफन्तकै शरणमा रात काट्न बाध्य भएका छन् । 

आर्थिक अवस्था निकै दैनिय रहेको उनको हात्तीले ओत लाग्ने घर र खाने अन्न नष्ट गरिदिए पछि मैसरा बुढा थप समस्यामा परेका छन् । ओत लाग्ने टहरा बनाउन पैसा नभएको कारण आफन्तको घरमा रात बिताउदै आएको मैसराले बताएका छन् । ‘हात्तीले घर भत्काई दिएपछि नातिनीको घरमा बास बस्दै आएको छु’ मैसरा बुढाले भने– ‘कसैले सहयोग गर्लान भनेको कसैले सहयोग गरेनन्’ । उनको श्रीमानलाई २०७२ सालमा हात्तीले ज्यान लिएपछि उनि खेतमा बाली हुर्कन थालेपछि हात्तीकै त्रासमा रात बिताउने गरेको बताउछन् । आफन्तको घरमा सुत्दा पनि उनि आ“खा हेरेरै रात बिताउने गरेको मैसराले दुखेशो पोखिन् । ‘कती बेला हो, राती हात्ती आएर मार्ला भन्ने डर छ्’ मैसराले भनिन् । आफन्तको शरणमा बस्दै आएका मैसरालाई कसै दाताले आएर सहयोग गर्ला र घर बनाउला भन्ने आश चाही छ् । 

‘घर बनाउनको लागी सबै थोक किन्नु पर्ने भएको छ्’ । शरिरमा भएको कपडा बाहेक सबै थोक हात्तीले नष्ट गरेपछि बृद्ध मैसरालाई आगामी दिन कसरी गुजारा चलाउने भन्ने ठुलै पिरलो छ् । उनलाई ओत लाग्न र मुखमा मा“ड हाल्नको ठुलै पिर परेको छ् । ‘सबै आउछन् आश्वासन दिएर मात्रै जान्छन् । कसैले एक मेरो समस्या बुझ्दैनन्’ । मैसराले थपिन् । चुनावको बेला सबैले सहयोग गर्छु भने तर चुनाव सकिएपछि कोही पनि फर्केर नआएको उनको भनाई रहेको छ् । स्थानियबासी तथा शिक्षिका आशा रानाले हात्तीले घर भत्काएका बृद्ध महिला मैसराको आर्थिक अवस्था निकै दैनिय रहेको बताए । ‘भदौ देखि अझै सम्म उनि आफन्तको घरमा आश्रय लिदै  उनि आएका छन्’ स्थानियबासी तथा शिक्षिका आशा रानाले भने । 


बिगत लामो समय सम्म जंगली हात्तीले बस्तीमा आतंक मच्चाउन थालेपछि बडवाल टोलका स्थानियहरुको जनजिवन कष्टकर बन्दै गएको । उनिहरु भन्छन्– ‘सरकारले अझै सम्म हात्ती पिडितहरुका लागी सामान्य बिषयमा पनि सम्बोधन गरेन्’ । भारत जंगलबाट गा“उ भित्रिने हात्तीको बडवाल टोलमा खेतवारीको हरियो हुन थालेपछि भित्रिने गर्दछ् । माहाकाली नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष दिल बहादुर सिजालीले हात्तीले घर भत्काएका मैसरा बुढाको लागी माहाकाली नगरपालिका कार्यालयबाट रु. ७ हजार रकम छुट्याईसकेको बताएका छन् । ‘निर्वाचनको आचार संहिताको कारण रकम दिन ढिलाई भएको हो’