ठगि धन्दाका मुख्य योजनाकार तीनथान पेस्तोल र नब्बेलाख रुपैंयाँ सहित पक्राउ

Posted on: December 17, 2017 | views: 254
इलाम ।
नाटकीय ढंगबाट ठगीको धन्दा गर्दै आएका माओबादीका पूर्व लडाकु सहित पाँचजना इलामबाट प्रकाउ परेका छन । प्रलोभन देखाएर ठगी गर्ने मुख्य योजनाकार सहित पाँचथरका पाँचजनालाई प्रहरीले इलाम नगरपालिकाबाट पक्राउ गरी आइतबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ ।
घटनामा संलग्न मुख्य योजनाकार पाँचथर फाल्गुनन्द गाउँपालिका १ का राजबहादुर तामाङ्ग , सहित फाल्गुनन्द गाउँपालिका वडा नम्बर ४ का रुद्रकुमार नेम्वाङ्ग , वडा नम्बर ६ का योगेन्द्रप्रसाद आङदाम्बे, फिदिम नगरपालिका १० का भयप्रसाद बिक  र फालेलुङ्ग गाउँपालिका ८ का महेन्द्रकुमार दर्जी , रहेका छन् ।

पक्राउ परेका मध्ये तामाङ पूर्व लडाकु रहेको प्रहरीले जनाएको छ । उनीहरुलाई प्रहरीले गत मंसिर २७ गते राति करिब १२ बजे इलाम बसपार्क स्थित एक होटलबाट पक्राउ गरेको हो । मुख्य योजनाकार राजबहादुर तामाङकै योजनामा पाँचथरका तीनजना ब्यपारीबाट लाखौं रुपैंयाँ ठगि गरेको तथ्य फेला परेको हो ।

तामाङले आफुसँग बहुमुल्य बल्ने ढुङ्गा छ भनि  फिदिम नगरपालिका १ का तारा भटटराई, डिल्लि ढुङ्गाना र फाल्गुनन्द गाउँपालिका ६ का राजेन्द्र रिजालबाट करीब एककरोड रुपैंयाँ ठगि गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । तीनजना ब्यपारीबाट तामाङ सहितको टोलिले पटक–पटक गरेर पैसा असुलेका थिए । ठगीको आरोपमा पक्राउ परेका पाँचैजना ब्यपारीबाट असुलेको ९० लाख रुपैंयाँ र आठथान गोलिसहित तीनथान पेस्तोल पत्रकार सम्मेलन गरेर प्रहरीले सार्वजनिक गरेको हो ।

प्रहरी अनुसन्धानका क्रममा तामाङ सहितको टिमले बल्ने ढुङ्गा इलाममा गाडेर राखेकोले त्यहाँ नै जानुपर्ने भनेपछि ब्यपारीहरु इन्द्र र तारा २७ गते राति इलाम तिल्केनीमा आइपुगेका थिए । उनीहरु आएपछि बल्ने ढुङ्गा आफूसंग भनिएका ब्यक्ति राजबहादुर राई गाडिभित्र बसेर तपाईहरुको सामान लिनुहोस् भनेर बहुमुल्य भनिएको ढुङ्गा सहितको झोला दिनसाथ उनीहरुमाथि अर्को एक (अज्ञातं) समूहले पेस्तोल देखाएर आक्रमण गरी पैसा र ढुङ्गा सहितको झोला लुटेर लगेको थियो । लुटेराको समूहले ब्यपारी डिल्ली र ताराको साथमा रहेको मोबायल, नगद अठार हजार, एकथान सुनको औंठि, राजबहादुरले बोकेको झोला लुटेर भागेका थिए ।

पैसा लुटीएपछि तामाङले तपाइहरुकै सामु सामान (ढुङ्गा) र पैसा लुटीएकाले प्रहरीमा खबर गर्ने भन्दै जिल्ला प्रहरी कार्यालयमा राति नै आएका थिए । प्रहरीमा मौखिक उजुरी पछी तत्काल घटनास्थलमा पुगेको प्रहरीले घटनास्थलबाट पेस्तोल फेला पारेको थियो । लगत्तै प्रहरीले गरेको सर्च अप्रेसनमा इलाम बसपार्क स्थित एक होटेलबाट लुटेरालाइ पक्राउ गर्न सफल भयो ।

पक्राउपछि सुरु गरीएको प्रारम्भिक अनुसन्धानकै क्रममा आफूलाई आक्रमण गर्न लगाएर पैसा लुट््न लगाउने ब्यक्ति स्वयं राजबहादुर तामाङ्ग नै रहेको भन्दै लुटेराले बयान दिएपछि घटनाका मुख्य योजनाकार राजबहादुर नै रहेको प्रहरीले निष्कर्ष निकालेको पत्रकार सम्मेलनमा इलाम प्रहरी प्मुख बिपीन कर्मचार्यले बताउनुभयो । 

प्रहरीले अहिले योजनाकार तामाङ सहित अन्य चारैजनालाई हातहतियार खरखजना, ठगि र सार्वजनिक अपराध अन्तर्गत मुद्धा दर्ता गरेर कार्वाही प्रकृया शुरु गरीसकेको कर्मचार्यले जानकारी दिनुभयो । यसैक्रममा लुटपाट भएको स्थानबाट प्रहरीले जम्मा तीनथान पेस्तोल फेला पारेको थियो । सो पेस्तोल राजबहादुरको रहेको खुल्न आएको छ । तामाङले एउटा पेस्तोल झापा कुशलराई संग खरीद गरेको र अन्य दुईवटा द्धन्दकै समयको भएको बताएका छन् ।