समानुपातिक मतगणनामा एमाले पहिलो, विवेकशिल साझा छैटौं स्थानमा

Posted on: December 12, 2017 | views: 306

काठमाडौं ।

प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फ हालसम्मको मत गणना अनुसार नेकपा एमाले १५२००६७, नेपाली काँग्रेस १४२९३७ र नेकपा माओवादी केन्द्रले ६०२६३५ मत प्राप्त गरेको छ ।

यसैगरी संघीय समाजवादी फोरम, नेपाल १४२८०४, राष्ट्रिय प्रजातन्त्र पार्टी ९४७१७, विवेकशील साझा पार्टी ९१५८० राष्ट्रिय जनता पार्टी नेपाल ८९८९९, नयाँ शक्ति पार्टी, नेपाल ४६८९९, राष्ट्रिय प्रजातन्त्र पार्टी 'प्रजातान्त्रिक' ३५२६ र राष्ट्रिय जनमोर्चाले ३०३४८ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ ।