बिजय गच्छद्धारसँगै काँग्रेस छिरेका गुण्डा नाइके गणेश लामा काभ्रेबाट पराजित

Posted on: December 11, 2017 | views: 452
धुलिखेल । बिजय गच्छद्धारको छत्रछायाँमा रहेर गुण्डा गर्दी गर्दै आएका गणेश लामा नेपाली काँग्रेसबाट प्रदेशसभा सदस्यमा चूनाव लडेपनि पराजित भएका छन् । गच्छद्धार काँग्रेस प्रवेशसँगै काँग्रेस छिरेका लामा अपरहण, फिरौती र ज्यान मार्ने उद्योगमा पटकपटक मुद्दा चलाइएका अभियूक्त भएपनि काँग्रेसले उम्मेद्धार बनाएको थियो । काभ्रे निर्वाचन क्षेत्र १ को ‘ख’ बाट नेपाली कांग्रेसको उम्मेदवार बनेका गणेश लामालाई एमालेका चन्द्र लामाले हराइदिएका हुन् । एमाले सम्बद्ध युवा संघका उपाध्यक्ष चन्द्र लामा २४ हजार ४४७ मत प्राप्त गरि बिजयी भएका छन् । निकटतम प्रतिस्पर्धी गणेश लामाले २० हजार २७० मत प्राप्त गरे । बिजय गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिक कांग्रेसमा बिलयसँगै प्रदेशसभाको उम्मेदवार बनेका गणेश लामामाथि सम्पत्ति शुद्धिकरणको मुद्दा चलिरहेको छ । रोचक कूरा के भने राजनीतिक दवावमा प्रहरी र प्रशासनबाट जोगाउंदै आएका लामाका अभिभावक गच्छद्धार समेत सम्पन्न निर्वाचनमा पराजित भएका छन ।