जनार्दन शर्मा रुकुमबाट दोब्बर बढी मतले बिजयी

Posted on: December 08, 2017 | views: 110

रुकुम ।

रुकुम पश्चिम प्रतिनिधीसभा सदस्यमा नेकपा माओबादी केन्द्रका उम्मेदवार जनार्दन शर्मा बिजयी भएका छन । शर्माले ३४ हजार ४ सय २ मत ल्याएर बिजयी भएका हुन ।


उनका प्रतिद्धन्द्धी नेपाली काग्रेसका उम्मेदवार गोपाल जी जंग शाहले १५ हजार ६ सय ५९ मत प्राप्त गरेका छन । शर्मा र शाह बिच १८ हजार ७ सय ४३ मतान्तर रहेको छ ।

रुकुम पश्चिममा ५५ हजार ३ सय ८५ मत खसेको ५१ हजार ९ सय १५ मत सदर र ३ हजार ४ सय ७० मत बदर भएको छ ।


रुकुम पश्चिम प्रदेशसभा क मा रातो कामी बिजयी रुकुम पश्चिममा प्रदेशसभा क निर्बाचन क्षेत्रमा नेकपा माओबादी केन्द्रका उम्मेदवार रातो कामी बिजयी भएका छन । कामीले प्रतिद्धन्दी नेपाली काग्रेसका उम्मेदवार कृष्णबहादुर रोकायलाई ८ हजार २ सय ३३ मताअन्तरले पराजित गरेका हुन ।


कामीले १६ हजार ८ सय १० र रोकायले ८ हजार ५ सय ७७ मत प्राप्त गरेका छन । २७ हजार १ सय ७४ मत खसेकोमा १ हजार ३ सय १५ मत तदर भएको छ ।


रुकुम पश्चिम प्रदेशसभा ख मा गोपाल शर्मा बिजयी रुकुम पश्चिम प्रदेशसभा ख निर्बाचन क्षेत्रमा पनि नेकपा माओबादी केन्द्रका उम्मेदवार गोपाल शर्मा बिजयी भएका छन ।


शर्माले १८ हजार ६ सय ३७ मत ल्याएर बिजयी भएका हुन । उनका प्रतिद्धन्दी नेपाली काग्रेसका खडकबहादुर डाँगीले ८ हजार १ सय २७ मत ल्याएका छन । शर्मा र डाँगी बिच १० हजार बढीको मतान्तर भएको छ ।