दुई भारतीय विस्फोटक पदार्थसहित पक्राउ

Posted on: December 01, 2017 | views: 211

धादिङ ।

काँकडभिट्टाबाट काठमाडाँै आउँदै गरेको यात्रुवाहक बसबाट दुई भारतीयलाई प्रहरीले विस्फोटक पदार्थसहित आज पक्राउ गरेको छ ।

धुनीबेँसी नगरपालिकामा पर्ने त्रिभुवन राजपथको खानीखोलामा गाडी जाँचका क्रममा ना७ख ४९७६ नंको यात्रुवाहक बसबाट एउटा प्रेसर कुकर बम, दुई सकेट बम र विस्फोटक पदार्थसहित दुई जना भारतीयलाई प्रहरीले पक्राउ गरी हिरासतमा लिएको प्रहरी उपरीक्षक ध्रुवराज राउतले जानकारी दिनुभयो ।