मुसा देखी मोजासम्म हालेर यसरी बनाइदो रहेछ रक्सी

Posted on: November 18, 2017 | views: 545

जुम्ला ।

मदिरा वनाउनको लागि तयार कच्चा पदार्थमा मुसा देखि मोजा सम्म कुहाउने गरिएको पाइएको छ । प्रतिनिधी सभा र प्रदेश सभा सदस्यको निर्वाचन नजिकिदै गर्दा जुम्ला स्थित रारा प्रहरी चौकीले चार हजार लिटर अवैध घरेलु मदिरा वरामद गर्दा यस्तो रहस्य फेला परेको हो ।

वरामद गरिएको एक ड्रम भित्र १२ वटा मुसा भेटिएका थिए । तिन पटक सम्म अवैध मदिराको सेवन तथा वेचविखन गर्न नपाईने भन्दै सार्वजनिक सुचना आव्हान गरेपनि अटेर गरेपछि छापामार शैलीमा अवैध घरेलु मदिरा नष्ट गरिएको हो ।

मदिरा सेवनका कारण हो हल्ला गर्नाले निर्वाचनको माहोल विगर्न नसक्ने र शान्ति सुरक्षामा खलल पुग्ने गरेकोले चेकजाचमा कडाई गरिएको रारालिही प्रहरी चौकी ईन्चार्ज ईश्वर वहादुर शाहीले जानकारी दिनु भयो । उहाँका अनुसार स्थानीय सेरी र डुन्डेली वजारवाट मात्रै १ सय ७ वटा घरेलु मदिरा राखिएको ड्रम र २० वटा घयाम्पो नियन्त्रणमा लिइएको हो । प्रहरी चौकी ईन्चार्ज शाहीले वरामद गरिएको ड्रममा ३० देखि एक सय लिटर सम्म मदिरा राखिएको पाइएको थियो ।

उहाले भन्नु भयो,, सवै गरेर झण्डै चार हजार लिटर वढि घरेलु मदिरा वरामद गरिएको छ । सेरी वजारमा एकै घरमा कच्चा पदार्थ सहित ६० वटा ड्रम राखिएको पाइएको थियो ।

१० लिटरको मदिरा राखिएको ३ वटा ग्यालिन,२० लिटरका १ वटा ड्रम, ५० लिटरका ८ वटा ड्रम, ५ लिटरका २ र एक सय लिटरको एक ड्रम मदिरा वरामद गरिएको हो । मदिरा भट्टीमा छापा मार्दा सेवन गर्दै गरेका र वेच्नका लागि तयारी हालतमा राखिएको मदिरा नष्ट गरेको प्रहरी चौकी रारालिहीले जनाएको छ ।




मदिरा सेवनकै कारण झै झगडा हुने गरेकोले पछिल्लो समयमा वडाध्यक्ष पर वहादुर रावत सहित २५ जनाको मदिरा नियन्त्रण समिती गठन गरिएको छ । मदिरा नियन्त्रण समिती,प्रहरी र स्थानीय वुद्धिजीवि र राजनैतिक दलको सयुक्त पहलमा मदिरा वरामद गरिएको प्रहरीले जनाएको छ ।

मदिराको वेचविखन गर्नेलाई १ हजार ५ सय रुपैया र मदिरा सेवन गर्नेलाई एक हजार रुपैया जरिवाना गर्ने प्राव्धान गाउपालिकाले वनाएको छ । वरामद गरिएको घरेलु मदिरा स्थानीय प्रशासनm उद्योग वाणिज्य संघको प्रतिनिधी र गाउँपालिका भित्रका जनप्रतिनिधीको रोहवरमा नष्ट गर्ने तयारी भईरहेको ईन्चार्ज शाहीले जानकारी दिनु भयो ।


उहाँका अनुसार वरामद गरिएको मदिरा सदरमुकाम खलंगाको लागि एक वर्ष सम्मको लागि पुग्ने अनुमान गरिएको छ । मदिरा वनाउनको लागि तयार कच्चा पदार्थमा मुसा देखि मोजा सम्म कुहाउने गरिएको पाइएको छ । वरामद गरिएको एक ड्रम भित्र १२ वटा मुसा भेटिएका थिए ।