मतदाता फकाउन प्रधानमन्त्रीको भाषण-'पासाङ ल्हामुलाई काँग्रेसले विभुती बनाएको हो'

Posted on: November 12, 2017 | views: 155

सोलुखुम्बु ।

सोलुखुम्बुमा आयोजित कार्यक्रममा प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले लोकतान्त्रिक व्यवस्थामा मात्र व्यक्तिगत र धार्मिक स्वतन्त्रता कायम हुने बताउनु भयो ।

सोलुखुम्बुको लुक्लामा आयोजित काँग्रेस कार्यकर्ता भेलामा  सभापति देउवाले सात दशकको संघर्षपछि प्राप्त लोकतन्त्र र जनअधिकार मास्न कम्युनिष्टहरु एक भएको बताउनु भयो ।   

सम्बोधन गर्दे प्रधानमन्त्री देउबाले आफु प्रधानमन्त्री हुंदा पासाङ ल्हामु शेर्पालाई राष्ट्रिय बिभूति बनाएको स्मरण गराउनु भयो ।