टायर पन्चर भएपनि नेपाल एयरलाइन्सको विमान ठूलो दुर्घटनाबाट जोगियो

Posted on: November 06, 2017 | views: 312

बुटवल ।

अवतरणका क्रममा बिमानको टायर पन्चर हुँदा ठूलो दुर्घटनाको डर भएपनि भैैरहवास्थित गौतमबुद्ध विमानस्थलमा नेपाल एयरलायन्सको विमान क्षति हुनबाट जोगिएको छ ।


ठूलो दुर्घटनाबाट जोगिएको नेपाल एयरलायन्सको ९ एकेएस विमानमा दुई जना चालक मात्रै रहेका थिए ।


टायर पन्चर भएपनि चालकदलका सदस्यको सावधानिका कारण जहाज रनवेभन्दा बाहिर पुगेको छैन ।


दुर्घटना भएको विमान नहटाउन्जेल विमानस्थल बन्द गरिएको छ ।

काठमाडौंबाट टायर लगेर बिमान उडानको तयारी भइरहेको नेपाल एयरलाइन्स व्यवस्थापनले जनाएको छ ।