प्रतिनिधिसभा र प्रदेशसभा चुनावको लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्त

Posted on: October 04, 2017 | views: 239

काठमाडौं ।

निर्वाचन आयोगले आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्ति गरेको छ । 


आयोगको हिजो बसेको बैठकले ७ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत र अन्य न्यायाधीशलाई न्यायपरिषद्को सिफारिसमा निर्वाचन अधिकृतमा नियुक्त गरेको हो । 


साथै, न्याय सेवा आयोगको सिफारिसमा न्याय सेवाका द्वितीय श्रेणीका अधिकृतलाई निर्वाचन अधिकृतमा असोज १९ गतेदेखि लागू हुने गरी नियुक्त गरिएको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो । 

 

मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत र जगेडामा रहेका अन्य ९ जना अधिकृतलाई निर्वाचन आयोगले असोज २४ र २५ गते काभ्रेको धुलिखेलमा प्रशिक्षण सञ्चालन गर्ने भएको छ ।