बाढी, पहिरो र डुबानमा परी १३० बढी नागरिकको निधन, तराईका नागरिकको जिवन अस्तव्यस्त

Posted on: August 16, 2017 | views: 501

काठमाडौं ।

हालैको बाढी, पहिरो र डुबानमा परी १३० भन्दा बढीको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ । 


अहिलेसम्म बाढी, पहिरोमा परी ३९ जना हराईरहेको र ३५ जना घाइते भएको गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले जानकारी दिनुभयो । 


बाढीका कारण तराईको जनजीवन अस्तव्यस्त


गत बिहीबारदेखि केही दिनसम्म परेको अविरला वर्षाले र तराई क्षेत्रमा ठूलो जनधनको क्षति गराई जनजीवन अस्तव्यस्त बनेको छ । 


अहिले मौसममो सुधार आएपनि बाढी र डुबानबाट प्रभावित दशौं हजार मानिस अत्यावश्यक सामाग्रीको अभावमा बिचल्लीमा परेका छन् भने लाखौं मानिसहरु एकै पटक प्रभावित भएका छन् । 


यतिबेर प्रभावकारी रात वितरण सबैभन्दा महत्वपूर्ण पक्ष बन्न पुगेको छ । 


खाद्यान्न, लत्ताकपडा, बस्ने बास र औषधि उपचारको कमीले बाढी र डुबानमा ज्यान गुमाउनेहरु भन्दा झन् ठूलो संख्यामा मानिसहरु हताहत हुनसक्ने सम्भावना कायमै छ । 


तसर्थ, प्रभावकारी राहत वितरण अहिले सबभन्दा ठूलो प्राथमिकताको विषय बनेको छ । 


सरकारले गृह मन्त्रालयमा रहेको केन्द्रीय दैवी प्रकोप केन्द्रको समन्वयमा जिल्लास्थित दैवी प्रकोप समितिलाई परिचालन गरी राहत वितरणको कार्य अघि बढाएको छ । 


एकद्वार प्रणालीअन्तर्गत राहत वितरण भइरहेको छ । सबैले पाए–नपाएको, पर्याप्त पाए–नपाएको जस्ता विषयहरुमा बढी ध्यान दिनुपर्ने देखिन्छ ।