इलाम जिससमा एमालेको प्यानल नै विजयी

Posted on: August 14, 2017 | views: 327

इलाम।  जिल्ला समन्वय समिती इलाममा नेकपा एमालेको प्यानल विजयी भएको छ । एमालेका गणेश बरालले १६ मत प्राप्त गर्नुभयो उहाँको निकटतम प्रतिद्वन्दि नेपाली कांग्रेसका केशव खत्रिले ४ मत प्राप्त गर्नुभएको छ ।  

त्यस्तै उपाध्यक्षमा नेकपा एमालेका चित्रकला बराइलिले १६ मत प्राप्त गर्नुभयो भने निकटतम प्रतिद्वन्दि कांग्रसका बसन्ती घतानीले ४ मत प्राप्त गर्नुभएको छ । सोमबार भएको जिसस चुनावमा एमालेको प्यानल विजयी भएको मुख्य निर्वाचन अधिकृत नवराज दाहालले जानकारी दिनुभयो ।