आयो कृषि घर मोवाइ एप्स

Posted on: May 03, 2016 | views: 206

१२ चैत, काठमाडौं ।
कृषि विकास मन्त्रालयले किसानहरुले कृषिसम्बन्धी समग्र विषयमा कृषिविज्ञहरुबाट जानकारी लिन सक्ने गरी कृषि घर नामक मोवाइ एप्स संचालनमा ल्याएको छ ।

सिन्धुपाल्चोकको चौतारामा शुक्रबार आयोजित एक कार्यक्रममा कृषि मन्त्रालयका सहसचिव इश्वरी रिजाल, सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी गोकर्णमणि दवाडी र युएनडीपीका राष्ट्रिय सहायक निर्देशक विजय सिंहले संयुक्तरुपमा कृषि घर नामक मोबाइल एप्सको संचालन शुरु गर्नुभएको हो ।

मोबाइल एप्समार्फत कृषकहरुले कृषिविज्ञहरुसँग सम्पर्क गरी खेती गर्ने तरिका र आइपर्ने समस्या समाधानका लागि सल्लाह सुझाव लिन सक्ने मन्त्रालयले जनाएको छ ।

यस किसिमको मोबाइल एप्स अन्य जिल्लामा पनि क्रमिक रुपमा विस्तार गर्दै लगिने जानकारी पनि मन्त्रालयले दिएको छ ।