बागमती कृषि कलेज मुलुकमै नमूना बन्दै छ : अध्यक्ष श्रेष्ठ

Posted on: July 17, 2017 | views: 922

नुवाकोटमा कृषि क्षेत्रमा प्राविधिक शिक्षा दिने पहिलो कलेजको रुपमा ६ वर्ष अघि २०६८ सालमा स्थापना भएको बागमती कृषि कलेज अहिले मुलुकको लागी नमूनाको रुपमा उदाउन प्रयासरत रहेको छ । नुवाकोट, रसुवा र धादिङलाई लक्षित गरी कृषी र भेटनरी विषयको अध्यापन गराउदै आएको कलेजमा त्यो तीन जिल्ला भन्दा बाहिरबाट पनि विद्यार्थी अध्ययनको लागी आएका छन् । यसै सन्दर्भमा कलेजका अध्यक्ष राजबाबु श्रेष्ठसंग साथी जगदीश खनालले गर्नुभएको कुराकानीको सम्पादित अंश ।

बागमती कृषि कलेज कहिले कहाँ बाट सम्बन्धन प्राप्त गरी सँचालन गर्नु भएको हो ?

> बागमति कृषि कलेज मिती २०६८ सालमा CTEVT मा सम्बन्धनको लागी प्रपोजल पेस गरी मिती २०७१ सालमा सम्बोधन प्राप्त सफल भई २०७१ साल बाटै सँचालनमा आएको हो ।


हाल सम्म कति बिध्यार्थी कुन कुन बिषयमा अध्यायन गरी पास भएका छन् ?

>हाम्रो यस कलेजमा २०७१/२०७२ मा कृषी मा ७ जना भेटनरीमा २ जना ले अध्ययन गरी पास भएका छन भने २०७२÷२०७३ मा कृषी मा ३३ जना भेटनरीमा ३२ जना ले अध्यायन गरी अन्तिम परिक्षमा ३२ जना पास भएका छन


. विद्यार्थी कुनकुन जिल्लाको छन र बढि कुन जिल्लाका छन् ?

>हाल सम्म हम्रो कलेजमा नु्वाकोट,धादिङ,रसुवा,बाजुरा,धनगडी,गोरखा,ओखलढुङ्गा,सिल्धुली बाट आई अध्यायन गरी सकेका छन् । भर्ना रेसीयो हेर्दा नुवाकोटका ६५% रसुवा २५% र अन्य जिल्लाबाट १०% छन् ।


. कलेजको भाबी योजना के के छन ?

>यस कलेजले आउने बर्ष बाट ३ बर्षे डिप्लोमा लेबलको कृषि तथा पशु बिज्ञान सम्बन्धि पढाई सुरु गर्दै छ भने निकट भबिष्यमा नै कृषि तथा बन बिश्वबिध्यालय बाट सम्बन्धन लिई बि.एस.सि.ए.जि.र बि.भि.एच.सि. पढाई सुरु गर्ने योजना बनाएका छौं ।



कलेज ब्यबस्थापकहरु कति जना छन् ?

>नुवाकोट जिल्लाका समाजसेवी,ब्यबसायी तथा शैक्षिक ब्यक्तित्वहरु र बाहिर जिल्लाका गरी १७ जना ब्यबस्थापक रहेका छन् ।


प्राबिधिक शिक्षा अध्यायन गर्दा के के फाईदा हुन्छ ?

>प्राबिधिक शिक्षा भनेको त्यस्तो शिक्षा हो जसमा सैदान्तिक शिक्षा सँग सँगै प्रयोगात्मक कक्षा पनी सँग सँगै हुन्छ जसले गर्दा पढि सके पछि मैले के गर्ने कसरी गर्ने भनी रहनु पर्दैन भने एक पटक प्रयोगात्मक रुपमा कार्य गरी सके पक्षी पढेको कुरा कसरी गर्ने भन्ने हदैन भने आफु सँग सिप भए कामको कहिल्यै समस्या हुदैन अर्थात शैक्षिक बेरोजगारी हुदैन । आफुले सिकेको सिप अनुसार ब्यबसाय सञ्चालन गरी अन्य ब्यक्तिहरु लाई रोजगारी दिन सक्ने हुन्छन् । यसरी स्वदेसमा रोजगार को सम्भाबना प्रचुर मात्रामा छ भने सिप युक्त भई बैदेशिक रोजगारमा जादा प्राबिधीक को रुपमा जाने हुदा तलब तथा सेवा सुबिधा राम्रो पाउन सकिन्छ । त्यस्तै नेपाल सरकारको एक गाउँ एक प्राबिधिक भन्ने योजना अनुसार कृषि तथा भेटनरी प्राबिधिकको माग अत्याधिक भएको हुदा सरकारी प्राबिधिकको जागीरको पनी अबसर छ ।


बागमती कृषि कलेजमा नै किन अध्यायन गर्नु पर्ने ?

>बागमती कृषि कलेज जहाँ कृषि जे.टि.ए. र भेटनरी जे.टि.ए. सम्बन्धि पढाई हुने जसको प्रयोगात्मक कक्षाको लागी आफ्नो कृषि फार्म तथा पसुपालन को ब्यबस्था भएको निजि स्तरमा सँचालित कृषि कलेजहरुमा सुबिधा सम्पन्न प्रयोगात्मक अभ्यासका प्रयाप्त ब्यबस्था भएको बिध्यार्थीको लागी होस्टेलको राम्रो ब्यबस्था छ भने काम गर्दै पढ्न पाउने ब्यबस्था भएको हुदा अरु कलेज भन्दा फरक भएको हुदा आफ्नो भबिष्य बनाउनका लागी बागमती कृषि कलेज नै पढ्नुपर्छ ।