सरकारी सहित अन्य वेवसाइट ह्याक गर्ने पक्राउ

Posted on: May 02, 2016 | views: 209

१० चैत, काठमाडौं ।
सरकारी कार्यालयको आधिकारीक वेवसाइट सहित विभिन्न संघसंस्थाको वेवसाइट ह्याक गर्दै आएका एक युवालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीका अुनसार राष्ट्रिय क्षयरोग केन्द्र र घरेलु तथा साना उद्योग कार्यालय समेतका कार्यालयहरुको वेव साईट ह्याक गर्ने विकास पौडेल पक्राउ परेका हुन् ।

प्रहरीका अनुसार वेवसाईडहरु ह्याक गर्ने ह्याकर्सको बारेमा प्रारम्भिक अनुसन्धान गर्दै जांदा "Anonymous #Opnep"  ले ह्याक गरेको देखिन आएको थियो ।
"Anonymous #Opnep"  को बारेमा थप अनुसन्धान गर्दै जांदा तपसिलमा उल्लेखित ठेगाना भएको बिकास पौडेलले  "Anonymous #Opnep"  राखी बिभिन्न सरकारी कार्यालय तथा संघ संस्थाहरुको वेव साईट ह्याक गरेको खुल्न आएको प्रहरीको भनाई छ ।

खोजतलासका क्रममा चैत ७ चगे काठमाडौं सोह्रखुट्टे एरियामा फेला पारी पक्राउ गर्न सफल भएको हो ।

अनुसन्धानको क्रममा निज बिकास पौडेलले राष्ट्रिय क्षयरोग केन्द्र, घरेलु तथा साना उद्योग कार्यालय, दुग्ध बिकास संस्थान, नेपाल दुर संचार संस्थानका केहि प्रयोगकर्ताहरुको विवरण एवं बिभिन्न शैक्षिक संस्थाहरु लगायत करिव २०० वटा वेवसाईटहरु ह्याक गरेको खुलेको छ ।

१८ बर्षीय पौडेल तनहुँ बन्दिपुरका स्थायि घर भई  बालाजु हाइटमा बस्दै आएका थिए । उनि काठमाडौंमा अध्ययन गर्दै आएको समेत प्रहरीले जनाएको छ ।