एमालेले पुस्तक पनि व्यवस्थित बनाउन सकेन

Posted on: April 30, 2016 | views: 187

९ चैत, काठमाडौं । सत्तारुढ दल नेकपा एमालेको केन्द्रीय कार्यालयका करिब २० हजार पूस्तक अलपत्र बनेका छन् ।

अलपत्र पारिएका पुस्तकमा भूमिगतकालदेखि संकलित विश्व कम्युनिष्ट आन्दोलनको इतिहास, दर्शन, संस्कृति, साहित्य, समाज, विज्ञान, प्रविधिलगायत विभिन्न विषयसँग सम्वन्धित रहेको आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

साथै, महत्वपूर्ण दस्तावेजहरु संग्रहरु दश महिनादेखि अलपत्र अवस्थामा देखिएका छन् । पार्टी कार्यालय धुम्बाराहीमा पर्याप्त स्थान नरहेपछि ती पुस्तक धोबीखोलाकिनारामा रहेको मदन भण्डारी कलेजको गोदाममा बोराभित्र बाँधेर थन्काइएको छ ।

पुस्तक हराउन नदिन एमालेले बाहिर पुस्तक लैजान नपाउने तर, पुस्तकालय भित्र मात्रै अध्ययन गर्न पाउने नियम बनाएको थियो । दुई वर्षअघि पुस्तक व्यवस्थित गर्न १२ हजार पुस्तक दर्ता गरी नम्बरिङ गरिएका थिए ।