नेपाकोन जापानी भाषा निबन्ध लेखन उत्तीर्णको नाम सार्वजनिक

Posted on: May 02, 2016 | views: 263

२ चैत, टोक्यो ।
जापानीज भाषा बक्तित्वकला अन्र्तगत पाचौं जापानिज भाषा वक्तित्वकलाको प्रारम्भिक नतिजा सार्वजनिक भएको छ ।

नेपाल जापान अध्ययन केन्द्र ‘नेपाकेन’ ले मार्च २७ आइतबार आयोजना गर्ने लागेको पाचौ जापानिज भाषा वक्तित्वकलाको प्रारम्भिक साकुबुन 'निबन्ध' लेखन परीक्षामा उत्तीर्ण भएका आवेदकहरुको नाम सार्वजनिक भएको हो ।

निबन्ध लेखमा सहभागी मध्ये अर्याल आकाश, बंगाले लेखनाथ, बानु फतिमा, भट्टराई कपिल, गर्भुजा खेमराज, कार्की प्रदिप, कर्मचार्य बिश्व, मगर तिलक कुमारी, राजवंशी अन्जना, श्रेष्ठ साजन, तिमिल्सिना नम्रता, खडका बिनुका, खत्री दुर्गा बाहादुर, लामा सुनिता, लोहनी अच्युत उतिर्ण हुनुभएको छ ।

आयोजकले दिएको जानकारी अनुसार लेखन कलामा केही कमजोरी देखिएर उतिर्ण हुन नसकेका सहभागीहरुलाई मार्च १९ तारिख भित्र पुन तलको ईमेलमा निबन्ध पठाएमा मौका दिइने छ ।

निवन्ध प्रतियोगितामा उत्तीर्ण भएका प्रतियोगीहरुले भने मार्च २७ तारिख आईतवार, दिउँसो १ बजेभित्र कार्यक्रम आयोजना गरिने स्थानमा आइपुगेर पूर्व अभ्यासमा सहभागी हुनुपर्ने आयोजकले जनाएको छ ।

बढीमा ६ मिनेटको समयमा आफ्ना कुरा राख्नुपर्ने प्रतियोगितामा सहभागीलाई निर्णायक मण्डलले केही प्रश्न समेत सोध्नेछन् ।

]लेखन, प्रस्तुती, प्रश्नहरुको उत्तर, अभिब्यक्ति शैली आदिका आधारमा निर्णायक मण्डलले निश्पक्ष ढंगले उत्कृष्ठलाई बिजयी बनाउने यो अवसरमा सहभागी हुन निबन्ध प्रतियोगितामा अनुतिर्ण भएकाहरुले [email protected] मा पुन निबन्ध पठाउन सक्नेछन् ।