सामसुङ एस सेभेन र सेभेन एज नेपाली बजारमा,के छन् विशेषताहरु ?

Posted on: May 02, 2016 | views: 189

काठमाडौं । सामसुङले आफ्नो दुईवटा फ्ल्यागशिप स्मार्टफोन नेपाली बजारमा सार्वजनिक गरेको छ। कम्पनीले आधिकारिक रुपमा आज सामसुङको बहुप्रतिक्षित फ्ल्यागशिप ग्यालेक्सी एस सेभेन तथा एस सेभेन एज नेपाली बजारमा  भित्र्याएको हो।   एस सिक्स तथा एस सिक्स एजको सक्सेसरको रूपमा एस सेभेन तथा एस सेभेन एजलाई लिएको छ ।

अन्य सेवाहरू
सामसुङको नयाँ स्मार्टफोनहरू खरिदमा ग्राहकहरूले दुईवटा अप्सन पाउने संभावना रहेको छ । एउटा एस सेभेन तथा एस सेभेन एज ह्याण्डसेट मात्र खरिद गर्ने र अर्को बण्डलिङमा खरिद गर्ने । ग्राहकहरूले ह्याण्डसेट मात्र खरिद गर्दा केही कम मूल्यमा खरिद गर्न पाउनेछन भने बण्डलिङमा खरिद गर्दा ह्याण्डसेट सहित सामसुंगका अन्य उत्पादनहरू पनि प्राप्त गर्नेछन् ।

कर्रिङ गोरिल्ला ग्लासबाट निर्मित मोबाइल सिँगल र डवल सिम दुबैमा उपलब्ध हुनेछ । सुपर एमोलेड टचस्क्रिन रहेको मोबाइलमा कलर संयोजनको वास्तविक रूप देखिनेछ । मल्टिटच सुविधा रहेको एस ७ एन्ड्रोइड ६.० मार्समाल्लो संस्करण रहेको छ । क्याड कोर १.६ गिगाहर्ज सिपियू रहेको मोबाइलमा एडरेनो ५३० जिपियू छ । ३२ जिबी र ६४ जिबी मेमारी कार्ड रहेको मोबाइलमा ४ जिबी र्याम छ ।

१२ मेगापिक्सल मुख्य क्यामेरा रहेको समा अटोफोकस, ओआइएस, लिड फ्ल्यास समेत रहेको छ । पछाडीको क्यामेरा ५ मेगापिक्सल रहेको छ । डब्लूएभी रिङटोन साउण्ड रहेको यसमा लाउडस्पिकर, ३.५ एमएमको ज्याक समेत रहेको छ । फिंगरफ्रिन्ट सेन्सर रहेको एस ७ मा ३ हजार एमएएचको ब्याट्री रहेको छ । एस ७ एजमा ३६ हजार एमएएचको क्षमता रहेको १२ खरी डटकमले समाचार लेखेको छ ।  एस ७ ५.१ इन्च र एस ७ एज ५.५ इन्चको रहेको छ । दुवै फोन वाटरप्रुफ रहेको कम्पनीले जनाएको छ ।
मूल्य कति ?
पछिल्लो दिनहरूमा निकै प्रतिक्षारत स्मार्टफोन एस सेभेन एजको मूल्य ८८ हजार ९ सय रूपैयाँ तोकिएको छ । एस सेभेनको मूल्य ७७ हजार ९ सय रूपैंया तोकिएको छ । भारतीय बजारमा एस सेभेनकोे मूल्य करिब ४५ हजार भारू अर्थात ७२ हजार नेपाली रूपैँया तोकिएको छ ।