भोली देखिंदैछ ३२० वर्षपछि दुर्लभ खग्रास सूर्यग्रहण

Posted on: May 03, 2016 | views: 562

२५ फागुन, काठमाडौं ।
अति नै दुर्लभ मानिएको खग्रास सुर्यग्रह भोली ३ सय २० बर्षपछि देखिंदैछ ।

बुधबार खग्रास सूय्रग्रहण ग्रहण हुदै ३२० वर्ष पछि प्रञ्चग्रही योगमा परेको छ । खगोलीय घटनाको यो दुर्लभ दृश्य ४९ मिनेट रहने खगोलविद्धहरुले बताएका छन् ।

खग्रास सूय्रग्रहण नेपालको पश्चिम भागमा देख्न सकिने भएको छ ।

सुर्य ग्रहणको स्पर्श बुधबार बिहान ५ बजेर ५१ मिनेटमा, मध्य ६ बजेर २५ मिनेटमा र मोक्ष ७ बजेर १ मिनेटमा हुने छ । ग्रहणको परम ग्रास २२ प्रतिशत रहनेछ ।

भारतको भोपाल र आसपासका क्षेत्रमा भने १२ मिनेट मात्र यो दृश्य देखिने छ ।

फागुन महिनाको कृष्ण पक्षको अमावश्यामा कुम्भ राशीमा पञ्चग्रही योग बनिरहेको छ ।

ज्योतिषीहरुका अनुसार उज्जौन सिंहस्थ २०१६ भन्दा अगाडि पञ्चाग्रही योगमा सूर्य ग्रहण शुभ फलदायी छैन । यसकारण जीवनउपयोगी बस्तुहरु महंगो हुने ज्योतिषीहरु बताउँछन् ।

ग्रहण लागेको बेलामा केही खान नहुने र शुभ कर्म गर्न नहुने मान्यता रही आएको छ ।