अर्का नक्कली डाक्टर जनकपुरबाट पक्राउ

Posted on: May 02, 2016 | views: 179

२४ फागुन, जनकपुर ।
डाक्टर बनेर उपचार गर्दै आएका एक नक्कली डाक्टरलाई प्रहरीले जनकपुरबाट पक्राउ गरेको छ ।

केन्द्रीय अनुसन्धान व्यूरो 'सिआइबी'ले यसअघि १३ नक्कली डाक्टरलाई काठमाडौं उपत्यका सहित विभिन्न स्थानबाट पक्राउ गरेकोमा थप नयाँ एक नक्कली डाक्टर पक्राउ परेका हुन् ।

प्रहरीको ‘अपरेसन क्वाक’लाई निरन्तरता दिने क्रममा जनकपुरबाट नक्कली डाक्टर प्रदिप कुमार गुप्ता पक्राउ परेका छन् ।

आइएस्सीको नक्कली प्रमाणपत्र बनाई एमबिबिएस पढेको अभियोगमा सिआइबी टोलीले पक्राउ गरेको हो । उनले नक्कली प्रमाणपत्र बनाई चिनबाट एमबिबिएस गरेका थिए ।

पक्राउ परेका गुप्ता नेपाल मेडिकल काउन्सिलको चिकित्सिक दर्ता प्रमाणपत्र परिक्षामा समेत पटक पटक फेल भएको पाइएको छ ।