अब स्वास्थ्य सेवाबारे सम्पूर्ण जानकारी 'हाम्रो डक्टर'मा

Posted on: May 03, 2016 | views: 307

१८ फागुन, काठमाडौं ।
स्वास्थ्यसेवामा आमनागरिकको सहज पहुँच स्थापित गर्न नेपालमै पहिलो पटक अनलाईन र मोबाईल एप्स भर्सनमा ''हाम्रो डाक्टरले'' परिक्षण शुरुवात गरेको छ ।

अनलाईन र मोबाइलमा एण्ड्रोइड तथा एप्पल फोनमा आधारित एप्लिकेशनबाट स्वास्थ्य सम्बन्धी सम्पुर्ण सुचना, समाचार तथा उपयोगी जानकारीहरु पाईने छ । साथै नेपालभर स्थापित स्वास्थ्य संस्था, अस्पताल, चिकित्सक, क्लिनिक, एम्वुलेन्स सेवा, रक्तदाता, रोग तथा उपचारवारे जानकारी पाईने छ ।

हाम्रो डाक्टरले स्वास्थ्य सचेतना सम्बन्धी श्रव्यदृश्य सामाग्री निर्माण र प्रसारण गर्ने योजना अघि सारेको छ ।  हाम्रो डाक्टरमा प्रधानसम्पादकको रुपमा लामो समयदेखि स्वास्थ्य पत्रकारितामा क्रियाशिल उद्धवराज भेटुवालले  जिम्मेवारी सम्हालेका छन् ।

''हाम्रो डाक्टरले'' बिरामीलाई औषधि सेवन समयबारे सम्झाउन मेडिसिन ट्र्याकिड्गको पनि सुबिधा राखेको छ ।''
अनलाइन र एप्सको सम्पूर्ण प्राविधिक जिम्मेवारी मन्त्र आइडियाज प्रालिले लिएको छ । ''हाम्रो डाक्टरले'' बिरामीलाई औषधि सेवन समयबारे सम्झाउन मेडिसिन ट्र्याकिड्गको पनि सुबिधा राखेको छ ।

हाम्रो डाक्टरसंग स्वास्थ्य विज्ञको समुह रहने र विरामी तथा अन्य नागरिकले स्वास्थ्य सम्बन्धि सम्र्पुण जिज्ञासा प्रत्यक्ष मोवाईल एप्लिकेशन मार्फत डाक्टरसंग सल्लाह समेत लिन पाईने हाम्रो डाक्टरका महाप्रबन्धक मधुसुदन ढकालले जानकारी दिनुभयो । अनलाइन र मोबाइल दुवै भर्सनमा उपलब्ध हुने ''हाम्रो डाक्टरको'' मार्च दोश्रो सातामा शुभारम्भ गर्ने कार्यक्रम रहेको छ ।