प्रहरी र स्थानियहरुद्धारा कुतियाकवरमा बाढीको कृत्रिम अभ्यास

Posted on: July 19, 2016 | views: 603

पप्पु गुरुङ्, ४ साउन / दोधारा चाँदनी । नेपाल प्रहरीको विपद्को तयारी अवस्थामा रहेको तथा अचानक “बचाउ–बचाउ” भनेर ठुलो आवाज आयो । त्यतिकैमा सुरक्षाकर्मी र स्थानियहरु बचाउनका लागि दौडिन्छ । कसैको हातमा डोरी, कसैले ट्युव तथा कसैले लाईफ ज्याकेट बोकेर डुब्दै गरेको मानिसलाई बचाउन  हतार हतार नदीमा हाम फाल्छन् । नदीको बहाव तिब्र भएको हुदा सबैको श्वास बढेको आवाज सुनिन्छ् । कसैले डुब्दै गरेको मानिसको हात समाउन प्रयास गर्छ, कसैले ट्युव तथा डोरीको प्रयोग गरेर बचाउनमा दौडा दौड गरेका छन् । यो दृश्य मंगलवार दोधारा चाँदनीको महाकाली नदी तथा जगबुडा नदीको दोभान खोलामा आयोजित बाढी पुर्व कृत्रिम घटनाको अभ्यासमा देखिएको हो । बाढी आउदा त्यसबाट कसरी बचाउने र कसरी उद्धार गर्ने भन्ने बारेमा नेपाल प्रहरी र स्थानियले गर्नु पर्ने सहयोग तथा उद्धारको बारेमा कृत्रिम अभ्यास गरिएको थियो । आवश्यक श्रोत साधनको अभावमा बाढीको पुर्व तयारीमा समस्या भईरहेको देखिएको थियो । अभ्यासको दृश्य हेरेर सयौ सर्वसाधारणहरु आश्चर्य चकित बनेका थिए । ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीद्धारा सोमवार आयोजित सो अभ्यासमा महाकाली तथा जगबुडा नदीमा आएको बाढीबाट डुबान भएका ब्यक्तिहरुको लागि कसरी जोगाउने तथा त्यसका लागि आवश्यक पुर्व तयारीको बारेमा कृत्रिम अभ्यास गरिएको थियो । ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीका प्रहरी सहायक निरिक्षक मान बहादुर बोक्टीको अध्यक्षतामा आयोजित सो अभ्यास कार्यक्रममा ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीका प्रहरी जवान तथा स्थानियहरुको साँझा सहभागिता रहेको थियो । ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीका प्रहरी सहायक निरिक्षक मान बहादुर बोक्टीले प्राकृतिक प्रकोपले मानव जीवनमा ल्याउने कष्ट र दु:खका बारेमा चर्चा गर्नुभएको थियो । बाढी प्रकोपको पुर्व तयारीको बारेमा बिशेष छलफल गरिएको थियो । अभ्यासमा नेकपा (एमाले) दोधारा चाँदनी नगरकमिटिका अध्यक्ष किशोर कुमार लिम्बुले बाढीको कृत्रिम अभ्यासले बिपद्को बेला निकै सघाउ पुग्ने बताएका छन् । प्रहरी र स्थानिय मिलेर बाढी आएको बेला उद्धारको पुर्व तयारी गरेकोमा स्थानिय तथा प्रहरी टिमलाई धन्यबाद दिनुभएको छ् । उक्त अभ्यासमा नेकपा (एमाले) दोधारा चाँदनी नगरकमिटिका अध्यक्ष किशोर कुमार लिम्बु, स्थानिय गग्न खत्री, समाजसेवी निर्मल गिरी, नेकपा (एमाले) जिल्ला कमिटि सदस्य राम प्रशाद पौडेल, नेपाली काग्रेसका शुरेस गिरी लगाएत प्रहरी तथा स्थानियहरुको साझा सहभागिता रहेको थियो । बाढी ग्रस्त क्षेत्र भनेर चिनिने दोधारा चाँदनी नगरपालिकाका सुन्दरनगर, कुतियाकवर, बैतिफाँटा, शान्तिटोल, प्रधानटोल लगाएतका स्थानियहरुलाई बाढीको बेला कसरी ज्यान जोगाउने तथा उनिहरुको उद्धार गर्ने बिषयमा अभ्यास गरिएको प्रहरीले जनाएको छ् । अभ्यास पछि गग्न खत्रीको संयोजकत्वमा १७ सदस्यीय् बाढी तथा डुवान उद्धार समिति गठन गरिएको छ् । बाढीको बेला उद्धार कार्यमा सहयोग गर्ने समेत सबैले प्रतिबद्धता जाहेर गरेका थिए ।