मान्छे बिना चल्ने गुगल कार बससँग ठोक्कियो

Posted on: May 02, 2016 | views: 192

एजेन्सी ।
मान्छे नभएपनि चलाउन मिल्लने अर्थात् रिमोटबाट चल्ने कारले धोका खाएको छ । करोडौं डलर खर्चेर विश्व चर्चित सर्च ईन्जिन गुगले बनाएको टेस्ट ड्राइभको कार बससँग ठोक्किएको छ ।

अमेरिकाको क्यालिफोर्नियामा सेल्फड्राइभिङ गुगल कारले टेस्ट ड्राइभको क्रममा बसलाई ठक्कर दिएको हो । यो दुर्घटना गुगलको मुख्यालय माउन्ट भ्युको नजिक फेब्रुअरी १४ मा भएको हो ।

चालक नभएपनि चल्ने गुगलको लेक्सस कार बालुवाको बोराहरु रहेको ठाउँ नजिकबाट गइरहेका बेला यात्रु बससँग ठोक्किएको हो । यो दुर्घटनामा कसैलाई चोट भने नलागेको बताइएको छ ।

तीन किलोमिटर प्रतिघण्टाको गतिमा गुडेको गुगलकार २४ किलोमिटर प्रतिघण्टाको दरमा गुडेको गाडीसँग ठोक्किएको हो ।

दुर्घटना कसरी र के कारणले भएको हो भन्ने बारे क्यालिफोर्नियाको यातायात विभागका अधिकारीसँग बसेर छलफल गर्ने गुगलका अधिकारीले बताउका छन् ।

तर गुगल कारमा बसेका व्यत्तिले भने बसको गति कम छ भन्ने सोचर आफूले कारको सेल्फ ड्राइभिङ कम्प्युटरमा आफूले नियन्त्रण नलिएको बताएका छन् । यसले गर्दा दुर्घटना भएको उनको भनाई छ ।

आफै चल्ने कारले सार्वजनिक सडकमा अन्य गाडीलाई ठक्कर दिएको यो पहिलो घटना मानिएको छ । तर गुगल कार आफै भने यसअघि पनि दुर्घटनामा परेको थियो ।

यो दुर्घटनाले गुगलको सेल्फ ड्राइभिङ कारको सुरक्षात्मक व्यवस्था र यसको व्यवसायीक प्रयोगको सुरक्षामाथि प्रश्न उठाएको छ ।