नासामा नेपाली वैज्ञानिक हिउँ पग्लिएको पानी खोज्दै

Posted on: May 22, 2016 | views: 157

९ जेठ, क्यालिफोर्निया-अमेरिका ।
अमेरिकाको क्यालिफोर्निया इन्स्टिच्युड अफ टेक्नोलोजीको नासा प्रयोगशालामा लमजुङ राइनसका डाक्टर सुरेन्द्र अधिकारीले संसारभरिबाट पग्लिएको हिँउ कहाँ जान्छ भन्ने प्रश्नको मसिनो उत्तर खोजिरहेका थिए ।
 
अन्टार्कटिका ग्रिनल्याण्डजस्ता हिँउ थुप्रिने ठाउँको हिँउ बिलाएर समुन्द्रमा कसरी मिसिन्छ भन्ने जान्न उनले हजारौं अध्ययन अनुसन्धानका निष्कर्षपढे ।
 
हिउँ विज्ञानबारे खोज्दाखोज्दै अधिकारीले विश्व नै चकित बनाउने पृथ्वीको दिशा परिवर्तनबारे नयाँ तथ्थ पत्तँ लगाए ।

उनको अध्ययनले भन्यो, पृथ्वीको उत्तरी ध्रुब पूर्वतिर तीव्र गतिमा सरिरहेको छ, जुन अस्वभाविक हो ।

एसियाको खडेरी र अन्टार्कटिकामा हिउँ पग्लिदा पृथ्वीको सन्तुलन बिग्रिएको उनले पत्ता लगाए । अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।