उत्कृष्ठ शिक्षा नेपालमै :शिक्षा मन्त्री

Posted on: May 19, 2016 | views: 138

५ जेठ, काठमाडौं ।
शिक्षा मन्त्री गिरिराज मणि पोखरेलले नेपाललाई शैक्षिक गन्तब्य बनाउन सरकारले पहल सुरु गरिसकेको बताउनु भएको छ । सरकारले थालेको अभियानलाई हिसानले सहयोग गरेको भन्दै प्रशंसा गर्नु भयो ।

‘नेपाललाई शैक्षिक गन्तब्य बनाउने सरकारको अभियानमा स्वदेशको शैक्षिक संस्थाले सुरुवात गरेको छ । यो अभियानमा सरकारको पनि साथ रहन्छ,’ शैक्षिक एडुफेयरको बिहीबार उद्घाटन गर्दै मन्त्री पोखरेलले भन्नुभयो,‘स्तरीय शिक्षा स्वदेशमै पाइन्छ भने विदेश किन जाने ?’ शिक्षालाई समाजबादतर्फ जान शिक्षा शक्तिशाली माध्यम भएको उहाले बताउनुभयो ।

‘समृद्ध राष्ट्र निर्माण गनै शिक्षा नै पहिलो आधार हो,’उहाले भन्नुभयो,‘यसको लागि शिक्षा गुणमा आधारित हुनुपर्छ ।’ अनुसन्धानमुलक र प्रविधिमैत्री शिक्षा बनाउन सके नेपाललाई शैक्षिक गन्तब्य बनाउन सकिने  उहाले बताउनुभयो । अहिले घोकन्ते र प्रमाणपत्र मुखी शिक्षा भएको भन्दै यसलाई सुधार गर्न सबै मिल्नुको विकल्प नभएको मन्त्री पोखरेले बताउनुभयो ।

एसएलसी र प्लस टु दिएका विद्यार्थीहरु कस्तो कलेज  र बिषय पढ्ने भन्ने अन्यौलमा रहेकाले मेलामा आउने विद्यार्थी र अभिभावकहरुले सही जानकारी दिएर बुझाउनु पर्ने उहाले बताउनुभयो । 

एडु फेयरमा सबै कलेजको सहभागिता हुने भएकाले अभिाभावक र विद्यार्थीले सहभागी जानकारी पाउन सक्ने उहाले बताउनुभयो । ‘मेलामा आउनेलाई सही जानकारी दिनुस्,’उहाले भन्नुभयो,‘विद्यार्थी र अभिभावकको अन्यौल हटाउनुहोस् ।’

उच्च माध्यमिक शिक्षा परिषद्का सदस्य सचिव नारायण कोइरालाले मेलामा आउने विद्यार्थीले सही जानकारी पाउने बताउनुभयो । ‘कलेजमा जाँदा गलत जानकारी दिएर झुक्याउन सक्छन,’उहाले भन्नुभयो,‘सबै कलेज एकै ठाउँमा समूहमा हुने भएकोले गलत सूचना दिन गाह्रो हुन्छ ।’

विश्व बजारमा बिक्ने र गुणमा आधारित शिक्षा दिन स्वदेशी शैक्षिक संस्था सक्षम रहको उहाले बताउनुभयो । विदेशमा अध्ययन गरेका विद्यार्थीहरुले अर्कै देशको राष्ट्रियता सिकेर आउने भएकोले स्वदेशमै अध्ययनको वातारण बनाउन यस्ता मेलाले सहयोग पु¥याउने उहाँले बताउनुभयो ।’

मेला सुरु
एसएलसी र कक्षा १२ को परीक्षा दिएर बसेका विद्यार्थीहरुलाई लक्षित गरेर बिहीबारदेखि “तेस्रो कान्तिपुर हिसान एडुफेयर –२०१६ सुरु भएको छ ।

उच्च माध्यमिक विद्यालय संघ नेपाल, ‘हिसान’ र कान्तिपुर पब्लिकेसन्सको संयुक्त आयोजनामा भृकुटीमण्डप, प्रर्दशनीहलमा मिति आजदेखि सुरु भएको मेला नौ गतेसम्म चल्नेछ । “उत्कृष्ट शिक्षा नेपालमै” भन्ने नाराका साथ नेपालमा सञ्चालित शिक्षण संस्थाहरुको मात्र सहभागिता रहेको शैक्षिक मेलामा विद्यार्थीहरुको उल्लेख्य सहभागिता रहेको छ ।

विद्यार्थी, अभिभावक तथा  शिक्षा क्षेत्रसँग सम्बन्धित सम्पूर्ण पक्षको बारेमा शैक्षिक जानकारी दिने उद्देश्य मेला गरिएको हिसानका अध्यक्ष रमेश सिलवालले बताउनुभयो । ‘मेलामा स्वदेशका उत्कृष्ठ सबैजसो कलेजले सहभागिता जनाएका छन,’उहाले भन्नुभयो,‘एकै छानामुनी सबै जानकारी पाउनेछन् ।’

गुणस्तरिय र उत्कृष्ट शिक्षा दिने शिक्षालयहरुको जानकारी र परामर्श नहुँदा कतिपय विद्यार्थी तथा अभिभावकहरुको विदेश मोह जाने गरेका छन् । मेलाले यस्ता समस्याबाट मुक्त गराउने र स्वदेशी शैक्षिक संस्थाको यथार्थ पनि मेलाबाट थाहा पाइने हिसानका उपाध्यक्ष युवराज शर्माले बताउनुभयो ।


नोट ः मेलाको बारेमा केही जानकारी लिन चाहनु हुन्छ भने यही इमेल ठेगानामा लेखि पठाउनु होला । त्यस्तै तपाईलाई कुन एङगलबाट समाचार चाहिएको हो ? त्यो पनि लेखि पठाउनु होला । हामी पठाउने प्रयास गर्नेछौ ।