इडिभी २०१७ को नतिजा मंगलबार,यसरी थाहाँ पाउन सकिन्छ नतिजा

Posted on: May 03, 2016 | views: 393

काठमाडौं । अमेरिकाले दिने इलेक्ट्रोनिक ड्राइभर्सिटी भिसा (इडिभी)को नतिजा मंगलबार सार्वजनिक हुन लागेको छ । अमेरिकाको कन्सुलर ब्यूरोको वेवसाइटमा उल्लेख भएअनुसार इडिभी २०१७ का लागि सन् २०१५ अक्टोवर १ देखि नोभेम्बर ३ सम्म खोलिएको डिभी चिठ्ठाको नतिजा आउँदो मंगलबार सार्वजनिक गरिनेछ । 

इडिभी २०१७ का लागि १ अक्टोवरदेखि ३  नोभेम्बर २०१५ सम्म आवेदन खुला गरिएको थियो। इडिभी २०१७ को नतिजा डिभी लट्री डट स्टेट डट जिओभीमा लगइन गरेर हेर्न सकिनेछ ।