'प्लस टु'को परीक्षा तयारी पुरा

Posted on: May 02, 2016 | views: 264

१७ बैशाख, भक्तपुर ।
उच्च माध्यामिक शिक्षा परिषद् सानोठिमीले संचालन आउँदो २० गतेदेखि सुरु हुने कक्षा १२ को र जेठ २ गतेदेखि सुरु हुने कक्षा ११ को परीक्षाको सम्पूर्ण तयारी पुरा गरेको छ ।

परिषदमा शनिवार आयोजना गरिएको पत्रकार सम्मेलनमा परिषद्का परीक्षा नियन्त्रक सन्तोष अर्यालले कक्षा १२ को परीक्षामा ३ लाख ४६ हजार ४२७ जना र कक्षा ११ को परीक्षामा ३ लाख ६९ हजार ४२६ जना गरि कूल ७ लाख १५ हजार ८५३ जना परीक्षार्थीले परीक्षा दिने भएको जानकारी दिनुभयो ।

जसमध्ये सबैभन्दा कम मनाङ्ग जिल्लामा २०० र सबैभन्दा बढी काठमाण्डौ जिल्लाबाट १ लाख १४ हजार ३२२ जना परीक्षार्थीले परीक्षा दिने भएका छन् ।

परीक्षाका लागि नेपालभर कूल ९२१ परीक्षा केन्द्र निर्धारण गरेको जानकारी दिदै अर्यालले परीक्षाका लागि ११ हजार ५२ जना सुरक्षाकर्मी गरि ३३ हजार ९५३ जना परिचालित हुने बताउनुभयो ।

विहान ७ बजेदेखि १० बजेसम्म संचालन हुने परीक्षामा विभिन्न प्रकारका अपाङ्गता भएका व्यक्ति, कारागार र बालसुधार गृहमा रहेका परीक्षार्थीलाई पनि परीक्षा दिने व्यबस्था गरेको जानकारी दिनभयो ।